मेष (चू चे चो ला ली लु ले लो अ)
अनेक बाधित कामहरु बन्ने छन् ।
बिग्रीसकेको काम अन्त्यमा गएर
बन्ने योग रहको छ । सरकारी काम बन्नेछ ।
पारिवारिक बिवाद हल हुनेछ ।
आध्यात्मिक कार्यमा रुची हुनेछ साथै खर्च
पनि हुनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आवेगमा आएर गरेको निर्णय
अन्त्यमा निराशा दिनेवाला रहेको छ,
सावधानिपूर्वक निर्णय गर्नुहोला ।
कर्मक्षेत्रमा केही निराशाहरुको बावजुद
कार्य सफल हुनेछ ।
मित्रको कुरा नमान्दा अन्त्यमा पछुताउनु
पर्ला ।
मिथुन (का कि कु घ ङ छ के
को हा)
कर्म अनुसार फल पाउने भएकोले
सकारात्मक काममा लाग्नु होला ।
अरुको गुनासो सुन्ने बानीको विकास
गर्नुहोला । दिनभर काममा खटिरहनु पर्ने
भएकोले तपाईंको कला कौशलता गुम्ने
खतरा रहेको छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
दिन मध्यम फलदायी रहेको छ ।
श्रमको उचित मूल्य नपाउनु
चिन्ताको कारण बन्ने छ ।
हातमा आइसकेको काम बिग्रनुलाई
भाग्यको फल मान्नु होला, तर
वास्तविकता अरु नै हुनेछ । बहुमूल्य
सम्पत्ति गुम्ने खतरा रहेको छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
कामको जश मिल्नेछ । आर्थिक
कठिनाईको अन्त्य हुनेछ ।
मित्रको ब्यवहारबाट सन्तुष्ट रहनु हुनेछ ।
तपाईंको ब्यवहारमा आएको परिवर्तनलार्इ
कतिपयले अनपेक्षित मान्नेछन् ।
अरुको भलाइमा लागिने छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
शरीरमा चोट पटकादिको योग
रहेको छ । आत्मबल कमजोर
हुँदा सजिलो काम पनि बिग्रन सक्नेछ ।
मित्रको बानी ब्यवहार चिन्न
नसक्दा अन्त्यमा पछुतो हुनेछ । आर्थिक
कठिनाईको सामना गर्नु पर्नेछ ।
तुला (र री रु रे रो ता ती तू ते)
सबै काममा तत्पर बनिने छ ।
तपाईंको स्तरोन्नतिलाई देखेर सबै
चकित हुनेछन् । कर्मलाई
प्राथमिकतामा राखेर ब्यवहार गर्नाले
ब्यापारमा उन्नति हुनेछ ।
तपाईंमा देखिएका सम्भावनाले सबैलाई
आकर्शित गराउने छ ।
वृश्चिक (तो ना नी नू ने
नो या यि यु)
तपाईंमा सौखिन आदत क्रमशस्
बढ्दै जाने छ । अरुको कार्यलाई कम आँक्नाले
तपाईंकै कद घट्ने छ । कुनै पनि विषम समयलाई
आफ्नो पक्षमा पार्ने
तपाईंको खुबीको सबैद्वारा प्रशंसा हुनेछ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
शिक्षामा लगानीको समय
रहेको छ । अध्यापन
तथा अध्ययनमा रुची हुनेछ तथा शैक्षिक
सहयोगका लागि तयार रहिनेछ ।
सन्तानको प्रगतीले उत्साहित बनिने छ ।
कार्य कुशलतामा ध्यान दिइनेछ ।
मकर (जो जा जी खी खू खे
खो गा गी)
गुप्त चिन्ताले सताउला ।
स्वास्थ्यको कारण पीडित बनिने छ ।
केही अफवाहले गरिरहेको काम छोडिने
खतरा छ, यसकोपछि नलाग्नु होला ।
जिम्मेवारी लिन नचाहने
तपाईंको प्रवृत्तिले तपाईंलाई पछि पार्नेछ
।
कुम्भ (गू गे गो सा सी सु से सो द)
पारिवारिक शुभ समाचारले
तपाईंलाई उत्साहित बनाउने छ ।
प्रेम सम्बन्ध सफल बन्ने छ ।
मित्रताका लागि हातहरु अघि आउने छन् ।
तपाईंको हातमा लक्ष्मीको बास हुनेछ, तर
फजुल खर्चबाट भने बच्नुहोला ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
अनुकूलताको बावजुद पनि अवसर
गुम्ने योग रहेको छ, सावधान रहनु
होला । पारिवारिक किचलोले तनाव
पैदा गराउने छ । रमाइलोमा खर्चको योग
रहेको छ । तपार्इंको कामको अवमूल्यन हुनु
दुस्खको कारण बन्नेछ ।
Wednesday, 30 July 2014
आज मिति 2014-07-31 तारिख, २०७१ साल श्रावण शुक्लपक्ष चतुर्थी तिथि, साउन १५
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment