Wednesday, 30 July 2014

‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा

बिश्व विख्यात कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङको ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमसले उक्त स्मार्टफोन बजारमा भित्राएको हो ।

१.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर सहितको उक्त स्मार्टफोन नेपाली बजारमा १७ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ | ‘कोर टु’मा लेड फ्लाससहितको ५ मेगापिक्सेल क्यामेरा,४ जीबी आन्तरिक मेमोरी, ७६८ एमबी र्‍याम रहेको छ जसका कारण उच्च क्षमताका गेमहरु पनि सहज रुपमा खेल्न सकिने कम्पनीको दाबी छ ।

४.५ इन्चको टच डिस्प्ले, २००० एमएएच क्षमताको ब्याट्री सहित दुईवटा सीम प्रयोग गर्न मिल्ने यस स्मार्टफोनमा मल्टीटास्किङ सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । उच्च क्षमताको स्मार्टफोन सुलभ मूल्यमा पाइने हुँदा ‘कोर टु’ ले मध्यमवर्गीय नेपाली उभोक्ताहरु आकषिर्त गर्ने कम्पनीले अपेक्षा राखेको छ ।

No comments:

Post a Comment