Thursday, 31 July 2014

कहाँको कोठीले के संकेत गर्छ ? शरीरका विभिन्न अंग र


त्यसको लक्षणका आधारमा व्यक्तिको
चरित्र जान्न सकिने
कुरा चर्चामा आइरहन्छ । हिन्दू
धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे
वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम
उल्लेख छन् ।
जसले व्यक्तिको चरित्र संकेत गर्दछ ।
त्यसमध्ये कोठी पनि एक हो ।
शास्त्रमा शरीरको कुन अंगमा कोठी भए
के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।
शास्त्र अनुसार
कम्मरमा कोठी भएका व्यक्तिले
जीवनमा धेरै दुःख झैल्नु पर्दछ ।
पेटमा कोठी हुने उत्तम भोजन
भोगी हुन्छ र उसलाई त्यस्तो अवसर
पनि प्राप्त भइरहन्छ ।
जसको पिठ्युँमा कोठी छ, उसले
जीवनभर धेरै यात्रा गर्दछ ।
दाहिने गोडामा कोठी हुने मानिस
बुद्धिमान हुन्छ ।
त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च
धेरै हुन्छ ।
गर्धनमा कोठी छ भने
त्यो व्यक्ति आराम भोगी हो भन्ने
थाहा हुन्छ र उसले त्यस्तो अवसर
पनि पाउछ ।
नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै
न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने
हुन्छ ।
दाहिने हत्केलामा कोठी हुने
व्यक्ति बलवान हुन्छ ।
बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च
गर्ने स्वभावको हुन्छ ।
निधारमा कोठी हुने व्यक्ति बलवान हुने
शास्त्रको मान्यता छ ।
जिउँडोमा कोठी हुने
व्यक्ति आफ्नी प्रेमिकालाई धेरै
माया नगर्ने स्वभावको हुन्छ ।
दाहिने आँखामा कोठी हुनेले भने
आफ्नी प्रेमिकालाई धेरै माया गर्छ ।
यदि वाया आँखामा कोठी छ भने
प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य
जीवन पनि सुखी हुँदैन ।
दाहिने गालामा कसैको कोठी छ भने
उ निकै धनवान हुन्छ ।
बायाँ गालामा कोठी छ भने
चाहिँ उसको खर्च बढी हुन्छ ।
ओठमा कोठी हुने व्यक्तिको स्वभाव
यौनको विषयमा सोचिरहने हुन्छ ।
कानमा कोठी हुनु
भनेको अल्पायुको संकेत हो ।
दाहिने पाखुरामा कोठी हुनु
मानप्रतिष्ठा मिल्ने संकेत हो जसले
समाजमा उच्च स्थान प्राप्त गर्छन् ।
तर, बायाँ पाखुराको कोठी भने
झगडालु स्वभावको संकेत हो ।
दाहिने छातीमा कोठी हुने
स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत
गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै
माया गर्छन् ।
तर, बायाँ छातीमा कोठी छ भने
स्त्रीसँग कुनै न कुनै
कुरामा झगडा परिरहन्छ

No comments:

Post a Comment