Sunday, 3 August 2014

आजको राशिफल मिति 2014-08-04 तारिख, २०७१ साल

मेष (चू चे चो ला ली लु ले लो अ)
केही अफ्ठ्यारोको बीच
आजको दिन मध्यम फलदायी रहनेछ
। बिवादित मुद्धाहरु किनारा लाग्ने छन् ।
पारिवारिक सम्बन्ध रोमान्चित हुनेछ ।
छोटो दुरीको यात्राको योग रहेको छ ।
आत्मबल उच्च रहनेछ ।
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
तपाईंको लागि आजको दिन
कमजोर फलदायी रहनेछ ।
बनिसकेको काम बिग्रने, बोलीको गलत
अर्थ लाग्ने आदिबाट चिन्तित बन्नु पर्ला ।
शैक्षिक क्षेत्र अफलदायी रहला । धार्मिक
कार्यप्रति श्रद्धा कम हुनेछ । आफूले
नगरेको कामको अपजश आउनु सहनै नसकिने
क्षण हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के
को हा)
भाग्योदयको योग रहेको छ ।
सोचेको पुरा हुनेछ ।
तपाईंको लामो समयसम्म
प्रतिक्षा गरेको कुरा पुरा हुनेछ ।
तपाईंको सफलतामा परिवारजनको सहयोग
रहनु सुखी परिवारको लक्षण हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
समयलाई चिनेर काम गर्नाले
सफलता हात लाग्ने छ । आफूले
लिएको निर्णय सहि हुनाले तपाईंलाई
उत्साहित बनाउने छ । तपाईंले
गरेको नयाँ प्रयोग
ब्यापारको लागि सहि ठहरिनेछ ।
आयका नयाँ स्रोत पत्ता लाग्ने छन् ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
ब्यापार नाफामा जानेछ ।
धार्मिक
कार्यमा सफलता मिल्नेछ ।
रोजगारीका अवसर प्राप्त हुने छन् । मन
मिल्ने साथीबाट धोका हुनेछ । सामुहिक
कार्य आजको लागि फलदायी रहने छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
लेनदेनमा किचलो आउनेछ ।
ब्यवहारमा असात्विक वृत्तिले
समस्या ल्याउनेछ ।
तपाईंमा देखिएको मानसिक विचलनले
आर्थिक रुपमा कमजोर बनाउने छ । अशुभ
समाचार समेत सुन्नु पर्ला ।
तुला (र री रु रे रो ता ती तू ते)
असाध्यै शुभ दिन रहेको छ ।
जतिसक्दो छिटो निष्कर्षमा पुग्नु
फलदायी हुनेछ । मित्रको सहयोग र
पारिवारिक सपोर्टको कारण
सोचेको काम हुनेछ । केही परिवर्तन
गरी नयाँ रुपमा अघि बढ्ने समय छ ।
वृश्चिक (तो ना नी नू ने
नो या यि यु)
हतारमा लिएको निर्णयले
फुर्सदमा पछुताउनु पर्ला । अरुको विश्वास
गुमाउनु होला । बहुमूल्य बस्तु गुम्ने योग
रहेको छ, सावधान रहनु होला ।
शिक्षामा अरुची हुने तथा गलत ब्यक्तिसँग
सङ्गत हुने बेला रहेको छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
तपाईंको निर्णायक
शक्तिको सबैद्वारा सराहना हुनेछ । खेलकुद
तथा परीक्षामा तपाईंको जीत
सुनिश्चित देखिएको छ । दार्शनिक
बिचार राख्ने भएकोले धन
भन्दा बिचरालाई महत्व दिइनेछ ।
साहसिक काममा रुची हुनेछ ।
मकर (जो जा जी खी खू खे
खो गा गी)
शुभ समयको भरमग्दुर सदुपयोग गर्ने
बेला आएको छ । गाडी, वाहन सुख मिल्नेछ
। जग्गा जमिनको कारोवार शुभ
फलदायी रहने छ । आर्थिक पक्ष मजबुत हुनेछ ।
यस्तो वचन नबोल्नु होला जसले अरुलाई
बिझाओस ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
पठन पाठनको काममा रुची बढ्ने छ

तपाईंको राम्रो भावनाको कदर हुनेछ ।
रोक्किएका कामहरु बन्ने छन् ।
अरुको सेवा धर्ममा पनि केही गर्ने सोच
आउनेछ । रमाइलोमा रमिनेछ ।
पारिवारिक मेल हुनेछ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
स्वास्थ्यमा समस्या देखिनेछ ।
गुप्त चिन्ताले सताउनेछ ।
रोजगारीको अवसर गुम्न सक्छ । मानसिक
अस्थिरताले कार्य बाधित हुनेछ । सहयोग
आदान प्रदान रोक्किने छ । प्रेम सम्बन्ध टुट्ने
छ ।

No comments:

Post a Comment