Monday, 23 March 2015

फेसबुक विरुद्द यौन दुर्वव्यवहारको मुद्दा पर्यो

फेसबुक विरुद्द यौन दुर्वव्यवहारको मुद्दा पर्यो
एजेन्सी
विश्वको चर्चित सामाजिक संजाल फेसबुक बिरुद्द
उसकै एक पूर्वकर्मचारीले मुद्दा हालेकी छन् ।
फेसबुककै पूर्व कर्मचारी चिया होंग नामकी
महिलाले यौन दुर्वव्यवहार तथा लैँगिक विभेद
लगाएतका अभियोगमा मुद्दा हालेको दि भर्जले
जनाएको छ ।
उनलाई सन् २०१३ मा फेसबुकले बर्खास्त गरेको थियो
। उनले मनोवैज्ञानिक आक्रमण तथा जातीय विभेद
गरेकोसमेत आरोप लगाएकी छन् ।
उनले आफ्नो अभियोगपत्रमा फेसबुकमा निकै खराब
कार्य भएको, आफूमाथि दुर्वव्यवहार गरिएको,
पार्टी आयोजना गर्न तथा पुरुष कर्मचारीका
लागि रक्सी वितरण गर्न लगाइएको लगाएतका
आरोप लगाइएको छ ।
उनले फेसबुक र त्यसका अन्य दुई कर्मचारी प्रथिवादी
बनाउदै सान माटेओ उच्च अदालतमा मुद्दा दायर
गरेको समाचारहरुमा जनाइएको छ ।

No comments:

Post a Comment