पानीजहाज, सायदै नेपालीले देखेका छन् । किनभने नेपालमा हवाईजहाज त चल्छ तर पानीजहाज चल्दैन । अरु त अरु पानीजहाज हेर्न टीभीमा बाहेक नेपालभित्र अन्यत्र पाइँदैन । देश छाडेर निस्क्यो भने मात्रै जहाज देख्न पाइन्छ । यस्तो भुपरिवेष्ठित देशमा पानीजहाजका चालक हुने कुनै भएन । पानीजहाजै नभएपछि चालकको के काम । नेपालमा पानीजहाज पनि छैनन, त्यसका चालक पनि छैनन् । अब त्यसो भन्न पाइन्न । पानीजहाज त छैनन् नै, तर चालक भने छन् । नेपाली भूमिले यो अपवाद् जन्माएको छ । नेपालका एक युवा सात समुद्रपारि पानीजहाज चलाउँछन् । त्यसमा पनि पानीजहाजका क्याप्टेन छन् । सयौंजनालाई लिएर हिड्ने त्यही जहाजका लिडर हुन् हाम्रै नेपाली दाजुभाई । यसो भन्दा कुन चै नेपालीको छाती गर्वले नफुल्ला । समुन्द्र नभएको देशको एउटा नेपाली नागरिक सामुन्द्रिक यात्राका प्रसिद्ध पानी जहाज चलाइरहेको छ भन्ने खबरले नेपालीलाई मात्रै होईन, धेरै विदेशीलाई समेत नौलो विषय बन्न पुगेको छ ।
…
रुपन्देहीको देवदह बुद्धको मावली गाउँ भनेर चिनिएको छ । यसको अर्को परिचय थपिएको छ अहिले । नेपालका पहिलो पानीजहाजका चालकको घर पनि यहीँ हो, देवदह ।
………
‘केटाकेटी मान्छे । के थाहा भविष्यबारे ।’ घरनजिकै सानो पोखरी थियो भने त्यहि पोखरीमा ‘कखरा’ सिक्ने कापीको विचको पाना झिकेर पानीजहाज बनाउँथे उनी । त्यही पानीजहाजका चालक धेरै पटक भए । कतिपटक त्यो कागजको पानीजहाज भिज्यो, अनि त्यो कागजको जहाजमाथी रहेको धेरै मान्छे (ढुगा, माटो) डुवेपछि नमज्जा लाग्थ्यो उनलाई । तर उनि त्यो सानो उमेरमा समेत अत्तालिएनन । बरु कसरी ति मान्छेहरुलाई जोगाएर डुगां अगाडी वढ्छ होला, कसरी पानी भित्र पस्न नदिनेहोला जस्ता कुरामा सोचिबस्थे । बाल्यकालका ति सम्झनालाई फर्किएर हेर्दै उनी अहिले साच्चीकै पानीजहाजका क्याप्टेन वनेपछि कस्तो भान हुँदोहो । कस्तो लाग्दो हो । के लाग्दोहो । साच्चीकै, हुने विरुवाको चिल्लो पात भनेझै वाल्याकालमै त्यो संकेत देखा परेको हो त ? पटक्कै हैन, ‘म अस्टे«लिया जादाँसम्म यो वन्छु भन्ने लक्ष्य लिएको थिएन उनले सम्झिए, –‘विदेशीहरुले खाएको देशमा त्यो स्थानमा पुग्दा साह्रै खुसी लाग्दोरहेछ, जुन खुसी मलाई मात्रै हैन सारा नेपालीलाई लागेको हुनुपर्छ ।’
पहिलो पानीजहाजका क्याप्टेन वनेपछि उनलाई नेपालदेखी विदेशमा वस्ने सयौं नेपालीहरुले सुभकामना दिए । कतिले प्रत्यक्ष दिए, कतिले अप्रत्यक्ष रुपले । अहिले आएर सेलिव्रेटी जस्तो वनेका छन् उनि । सारा नेपाली युवा र नेपाली मनलाई आफुप्रति केन्द्रित वनाएका छन् । अनि धेरैलाई आफुजस्तो वन्ने हुटहुटि चढाउन थालेका छन् ।
….
कुन तहको म हुँ भन्ने उनीमा अहिले कुनै घमण्ड छैन । घमण्डले उनको त्यो शैली वेग्लै हुनुपर्नेहो । तर त्यसो पनि भएन । उनि सम्झन्छन् तिनै दिनहरु, तिनै दुःखहरु, तिनै सुःखहरु । धेरै मिलनशार शानैदेखी । अध्ययनकै क्रममा विस्तारै परिवार देवदहतिर स¥यो । घरका माईला छोरा ब्राम घरका प्यारा छोरा पनि हुन । विस्तारै देवदहवाट उच्च अध्ययनका लागी अस्टे«लिया ध्यान वढाएका हुन उनले । अस्टे«लिया पुगेपछि अरु विद्यार्थीहरु जस्तो कमाउने मात्रै सोच राखेनन, पढ्नुपर्छ अनि केही गर्नुपर्छ भन्ने सोच पनि राखें । फरक काम गर्नेहरुमा उनले आफ्नो नाम थपेका छन् । छोटो समयमै आफुलाई सारा दुनियाँमा रहेका नेपालीहरुमाझँ चिनाएका छन् ।
…
७ हजार घण्टा सम्मको सफलता पुर्वक पानीजहाज चलाइसकेका व्राम पाण्डेको नेपाली नाम भने कैलाश पाण्डे हो । साहस र लगनसिलतानै आफ्नो सफलताको रहस्य भएको बताउने पाण्डे विदेशमा पुगेर पनि अवसर चिन्न सकिएन र समय अनुसार आफुलाई अगाडि बढाईएन भने आफ्नो देश छाडेको अर्थ नरहने वताउँछन् । पानी जहाज पाइलट विÈयमा स्नाकोत्तर गरि उनी पानी जहाजको क्याप्टेन बन्न सफल भएका हुन् । पाल्पा र देवदहमा कैलाश अस्ट्रेलियामा भने व्राम पाण्डेको नामले चिनिन्छन् । उनि सिड्नी हार्वर हाउस बाट विभिन्न सामुन्द्रिक यात्रामा छुट्ने साना वा ठुला जहाजहरुका कमान्डर हुन् । अन्तरदेशीय तथा अन्तराष्ट्रिय जहाज चलाउन हरेक दिन व्यस्त वन्ने व्राम आफु जल, थल र हवाइ सबै खाले सवारीको चालक बन्ने तयारी गरिरहेको बताउछन् । उद्धार हेलीकप्टर समेतको पाइलट बन्ने तयारीमा रहेका पाण्डे आफु स्टिवर्ड पद बाट यो पेशामा प्रवेश गरेको र कम्पनिकै खर्चमा अध्ययन समाप्त गरि यो उचाइमा पुगेको समेत वताए ।
सयौं यात्रुहरु र जहाज भित्र कार्यरत सबै स्टाफहरुको इन्चार्जका रुपमा आफुले जिम्मेवारी बहन गर्छन उनि । भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनी नजिकै पाल्पा जिल्ला मा जन्मिएका ३२ वर्षिय पाण्डे ८ वर्षअघि मात्रै अस्ट्रेलियामा अध्ययनका लागि पुगेका हुन । अस्ट्रेलियामा मात्र नभएर विश्वमै पहिलो र कम उमेरको नेपाली क्याप्टेन बन्ने सौभाग्य आफुलाई नै मिलेको बताउने पाण्डेलाई अस्टेलियाको सिड्नी हार्वर हाउसले कसरी त्यती ठुलो जिम्मेवारीमा विश्वास गरेको होला ?, उनि भन्छन्, –‘अध्ययन गर्दै अगाडी वढ्दा कम्पनीले पहिलो पटक टे«निङका लागी वोलायो, त्यो टे«निङ सफलतापुर्वक सकाएपछि क्याप्टेनतिरको ढोका खुलेको हो ।’
अधिकासं क्याप्टेन उमेर छिप्पीएका छन् अस्ट्रेलियामा । तर त्यही अस्टेलियामा पाहुना वनेर पुगेका नेपाली युवा त्योपनि सानो उमेरमै क्याप्टेन वन्नु कम्ता खुसीको कुरा होईन । कहिलेकाही नेपालीहरुले देखे भने त उनको सामु वसेर तस्विर लिन खोज्नेनै भए, तर उनिसँग अस्टेलियाका देख्ने जतिले समेत आफुसँग तस्विर लिन भिड लाग्ने गरेको सम्झदाँ खुसीका आँसु वर्सिन्छन् भन्छन् उनि ।
……..
अहिले नेपाललाई प्राविधिक र अन्य रुपमा सघाउने गृहकार्यमा समेत उनि लागी परेका छन् । आफुमा भोली जे वन्न रुची छ त्यसैमा लाग्नुपर्छ, उनि थप्छन्, –‘आफुभित्र लुकेको प्रतिभालाई आफैले उजागर गर्नुपर्छ, अनि यसका लागि मात्र प्रतिवद्धता जरुरी छ ।’
रामचन्द्र पाण्डे र तुलसीदेवी पाण्डेका सुपुत्र यि नेपाली युवावाट अव नेपालीहरुले पनि केही सिक्नुपर्छ होलानी, उनको वाटोमा अव अन्य नेपालीहरुपनि जान सक्छन होलानी । अवश्य, उनी यो क्षेत्रमा जान चाहाने नेपाली युवाहरुलाई सघाउन आतुर छन् । तर तिव्र ईक्षा ति व्यक्तीमा हुन जरुरी ठान्छन् उनि । पुरा प्रतिशत अनुशासन र हिम्मत भए पानीजहाजको चालक हुन केही गाह्रो नहुने उनको विचार छ । गाह्रो भन्दैमा सजिलै वस, जिप र भ्यान जस्तो सजिलो भन्या हैन, तर अध्ययन राम्रोसँग गर्नेहो भने त्यत्ति गाह्रो नहोला भन्छन् उनि । वुवा र आमालाईनै यो सफलताको पहिलो श्रेय दिने पाण्डेले आफुमा अनुशासनको त्यो रेखा उहिल्यै काटेको भए अहिले यो ठाउँमा समेत नरहने वताउँछन् ।
…….
जिवनमा एकपटक आफ्नै आखाँले समुद्र देख्न पाईयोस, छुन पाईयोस भन्ने ईच्छा आम नेपालीमा छ । कैलाश पाण्डेलाई पनि यस्तै ईक्षा भयो । सातवर्षअघि अस्टे«लिया पुगेपछि उनले पहिलोपटक समुन्द्र देख्ने सपना पुरा गरें । एकोहोरो त्यो समुन्द्रको पानीको अघिल्तीर आफुलाई राखेर हँसिलो अनुहारसहित क्यामेरामा फोटो खिचाए अनि फेसवुकमा पोष्ट पनि गर्न भ्याए । उनले अस्टेलिया पुग्नुभन्दा केही समयअघि गरेको यो कल्पना त पछि पुरा भयो, तर कहिँ कतैवाट समुन्द्रले नछोएको मुलुकको मान्छे पानीजहाजको क्याप्टेन वन्छु भन्ने कल्पना समेत गर्न भ्याएका थिएनन उनि । तर भईदियो त्योपनि कल्पना नगरेको ठुलो उपलव्धी प्राप्ती गरें ।
सिड्नी अध्ययनका लागी पुगेका कैलाश (व्राम) व्यवस्थापनमा स्नाकोत्तर गरिरहेका उनि त्यहीको रेष्टुरेन्टमा काम गर्थे । कुनैदिन साथीभाईहरुसँग सिड्नी हार्वर घुम्ने क्रममा कैलाशले त्यहाँवाट साना ठुलो थु्रपै पानीजहाज छुटेको नियाले । त्यही जहाजभित्र रेष्टुरा, स्विमिङपुल, जिमखाना, वार लगायत देखेर अचम्मीत वने । केही मिनेट अघिका कैलाश त्यहाँ गएपछि एकाएक परिवर्तनभए । अनि फेरी सोच्न थालें, ‘कसरी पानीजहाजभित्र काम गर्न पाईएला ।’ केही समयपछि त्यही कम्पनीमा स्टिवार्ड पदका लागी आवश्यकता खुल्यो । हतार हतारमा उनले आवेदन दिए । नाम निस्कीयो । उनीमा खुसीको सिमै रहेन । एकैछिन अर्कै ससांरमा प्रवेश गरे जस्तो भान भयो । खुट्टा भुईमै रहेन । कैलाशको यो सपनाको पहिलो पाईला थियो । यात्रुहरुलाई सहयोग गर्ने यो पदमा काम गरिसकेपछि मरिन विभागमा काम गर्ने तालिम लिए । त्यहाँ उनले यात्रुको शुरक्षाको लागी काम गर्नुपथ्र्यो । कामप्रतिको लगावले उनलाई क्याप्टेन कुक एक्सफ्लोरर कम्पनीको फष्टअफिसर पदमा पु¥यायो तालिम दिएर । जहाँ उनले क्याप्टेनले दिएको रुटमा जहाँज चलाउने जिम्मेवारी पाए । डेढवर्षजति काम गरिसकेपछि उनलाई क्याप्टेनका लागी थप आवश्यक तालिमको अवसर प्रदान ग¥र्यो । वल्ल उनि लाईसेन्स प्राप्त क्याप्टेन वने ।
……
क्याप्टेन भन्ने शव्द धेरै ठुलो छ । सयौं यात्रुहरु सवार, अबौं लगानीको एउटा पानीजहाजको मालिक ‘क्याप्टेन’ का धेरै जिम्मेवारी हुन्छन् । पानीजहाज,पानीजहाजका अन्य कर्मचारी, सयौं यात्रुहरु, करोडौं अन्य ढुवानी समानहरुको सवाल हुन्छ । भेटका क्रममा उनले भने, –‘यति मात्रै हैन त्यो पानीजहाजमा एक दर्जन वढि अन्य नेपालीहरुलाई पनि रोजगारी दिईसकेको छु ।’ सम्मान साथसाथै कमाई पनि उत्तीकै गरेका कैलाशको सपना त्यतिमा मात्रै सिमीत छैन,नेपालीहरुलाई, नेपालमा र नेपालका लागी केही गर्नुपर्छ भन्नेपनि पलाएको छ । ‘धेरै नेपाली विद्यार्थी अस्टेलियामा दुःख पाएका छन्, कतिले स्कुलको मासिक शुल्क तिर्न नसकेर हिडीरहेको अवस्थामा सहयोग माग्दा दिएकै छु, भोकभोकै हिड्ने नेपालीहरुको पेट समेत भरिदिएको छु,’ भेटमा कैलाशले थपे ।
Wednesday, 18 March 2015
पानीजहाज चलाउने पहिलो नेपाली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment