Tuesday, 5 May 2015

भूकम्प आउँदा वैद्यलाई छाडेर प्रचण्ड र बादल कुलेलाम


काठमाण्डु, २३ वैशाख– अघिल्लो
साता भूकम्प जाँदा प्रचण्ड र मोहन
बैद्यसहितका प्रमुख माओवादी नेता भने
गोप्य छलफलमा थिए । वैद्यको बालाजु
बानियाँटारस्थित निवासमा प्रचण्ड
महासचिव महरासहित पुग्दा वैद्य
माओवादीका महासचिव रामबहादुर
थापा बादल पनि त्यहिँ थिए ।
बेडरुममा दुवै माओवादीका अध्यक्ष र
महासचिवको घनिभूत छलफल चलिरहेकै
बेला ७ दशमल ६ रेक्टर स्केलको भूकम्पको
झट्काले उनीहरुलाई तितरबितर बनायो

वैद्यले दुवै पार्टीबीच नमिलेका छ
बँदाहरुको लामो व्याख्या गर्दै लाइन
मिलाउनूस् एक महिनाभित्र एकता हुन्छ
भनेपछि बादलले कार्यदिशामा
समझदारी हुने हो भने संविधानसभाबाट
संविधान बनाउने वा नबनाउने लगायत
कार्यनीतिक विषयमा फरकमत राखेर
अघि बढ्न सकिने बताउँदै गर्दा ठूलो
कम्पनले सबैलाई तर्सायो ।
प्रचण्डले लौ भूकम्प भन्नासाथ बादल
जुरुक्क उठेर भित्ता समाउँदै बाहिर
निस्कि एभने प्रचण्ड पनि पछि पछि कुदे
। दमका रोगी वैद्य भने कुद् खोज्दा
खोज्दै भूँइमा ढलेर एकछिन लडीबुडी गर्न
थाले । महराले वैद्यलाई बिम मुनि
ल्याएर राखे । टाउको निहुर्याएर बस्न
भने ।
वैद्य र महरा घर भित्रै टाउको
निहुर्याएर बसिरहँदा प्रचण्ड र बादल घर
बाहिर खुला चौरमा पुगिसकेका थिए
। धक्का साम्य भएपछि वैद्य र महरा
पनि निस्किए ।
वैद्यले प्रंचण्ड र बादलाई भेटेपछि तपाईहरु
चलाख चलाख मिलेर निस्किहाल्नु
भयो, हामी सोझा झण्डै घरभित्रै
पुरिएनौ । महरा जी नभएको भए त म
आत्ति सकेको थिएँ भनेका थिए । –
जनआश्था साप्ताहिकबाट

No comments:

Post a Comment