-डा. अम्बरिश पोख्रेल
मंगलबार नेपालमा पुनः भूकम्पको ठूलो धक्का महसुस
गरिएको छ । गत वैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प
गएको अठारौं दिनमा पुनः ७.४ रेक्टर स्केलको भूकम्प
गएको अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन्
।
मंगलबार दिउँसो पौने १ बजे करिब आधा मिनेटसम्म
भूकम्पको धक्का महसुस भएपछि जनजीवन थप त्रसित
बनेको छ । आजको भूकम्पले जीर्ण बनेका घर तथा
संरचनाहरु थप भत्किएका छन् । धेरैको क्षति भएको
अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको
सुनखानी भएको बताइएको छ । पहिलो ठूलो धक्कालगत्तै
चार पटकसम्म लगातार भूकम्पको धक्का महसुस गरिएको
छ । भूकम्पबाट कति क्षति भयो केही विवरण आए पनि
विस्तृत विवरण आउन बाँकी छ ।
हामीले भन्दै आएका छौ कि ठूलो झड्का आउँदै छ भन्ने
कुरा सिधा नबुझौँ । त्यो नआउन पनि सक्छ, आउन पनि
सक्छ । त्यो त केवल सम्भावनाको कुरा हो । त्यो आउने
प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रतिशत मात्र छ
। विचार गर्नुस नआउने प्रतिशत ९० छ । कुन ठुलो हो । त्यो
१० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ ।
जस्तै अझ हामी सवारी साधन प्रयोग गर्दा पनि त्यो १०
प्रतिशत हुने गर्छ । अब के भोलिदेखि गाडी नचढ्ने त
मारिने भइयो भनेर ? अनि यात्रा गर्दा रुदै यात्रा गर्ने ?
त्यसैले हामी धेरै हतास हुने समय हैन यो । होसियारी भने
लिने गर्नु पर्छ । यहि कुरा हामीले पहिला पनि लेखेको
हो र अहिले पनि त्यही नै हो ।
आउदा दिनहरुमा पनि त्यो सम्भावना सधै रहने छ । हामी
विपत्तिबाट डराउने हैन कि बच्ने उपायको खोजि गर्नु
उत्तम विकल्प हो । त्यो विकल्पमा उभिनु नै अहिलेको
लागि र पछिको लागि ढुक्क हुने आधार हो ।
त्यसैले त्यो १० प्रतिशतको पछि लगेर धेरै डराउने गर्नु हुँदैहुदैन
। त्यसैले कमन सेन्सको प्रयोग गरेर हामीले धैर्यता लिनु
जरुरी छ । यसको मतलब हामीले होसियारी नअपनाउने
भनेको चाहिँ हुँदै होइन ।
Thursday, 14 May 2015
भूकम्पका लागि हामीले अब हिसाब जान्नु पर्ने भएको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment