पोखरा, जेठ ५
बहराइनको मनामा अल रिफा एरियामा
आइतबार राती एक नेपालीले आफ्नै साथीको
लिङ्ग काटी हत्या गरेको खुलासा भएको छ ।
नाईट ड्युटीमा काम गर्दे आएका कास्की
पोखराका तिल पुन मगरले आफुसँगै काम गर्ने
मोरङ बेलबारीका दिपेन्द्र बस्नेतको धारिलो
हतियार प्रयोग गरी लिङ्ग काट्नुका साथै
अन्य भाग पनि प्रहार गरी हत्या गरेको
खुलासा भएको हो । आफुलाई सञ्चो नभएको
भन्दै ड्युटी नगई कोठामा नै बसी राती आफ्नै
सहकर्मी मारेको बताइएको छ । उनलाई अहिले
बहराइन प्रहरीले पक्राउ गरिसकेको सोही
कम्पनीमा काम गर्ने सन्तोष बोम्जनले बताए ।
बस्नेतको हत्या गरेपछि मगरले अष्पस्ट भिडियो
मोबाइलबाट खिचेर आफ्नै फेसबुकको वालमा
राखेका छन् । पुनले भिडियो राख्दै आफू
सामान्य मानिस जस्तो नभएको र आफु
सामान्य मानिस नभएपनि सामान्य तरिकाले
जीवन जिउन खोज्दा हस्तक्षेप गरेकोले हत्या
गर्न बाध्य परेको उल्लेख गरेका छन् । हत्यारा
तिल पुन मगर र दिपेन्द्र बस्नेत बहराइनको
सेक्युरक्योर सेक्युरिटी कम्पनीमा संगै काम गर्दे
आएका थिए । सहकर्मी बस्नेतको हत्या गरी
लिंग काटेर छातीमा राखेर उनी त्यहाँबाट
फरार भएका थिए । अहिले प्रहरी खोरमा
रहेका पुन मगरले आफुहरुबीच भएको झगडाका
कारण हत्या गरेको बताएपनि खास कारण भने
खुल्न सकेको छैन । सो कम्पनीमा धेरै जसो
झापाका युवाहरु कार्यरत रहेका छन् । मृतक
दिपेन्द्रको मोरङ बेलबारीमा एक छोरा एक
छोरी र श्रीमती छन् ।
Tuesday, 19 May 2015
लिङ्ग काटेर बहराइनमा आफ्नै साथीको हत्या
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment