अध्ययनहरुका अनुसार १८ वर्षमाथिका
अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन
गर्छन् । अमेरिकाको इण्डियाना
विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५
देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले
हप्तामा तीनपटक हस्तमैथुन गर्छन् ।
हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत
थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र
स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने
गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न
चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी
स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका
अनुसार महिलाका लागि हस्तमैथुनका धेरै
फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा
लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई
खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै
सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन
डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले
मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर
साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले
आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस
उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–
मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै
शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर
भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर
पत्ता लगाउन सहयोग गर्छ । यसबाट
आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर
हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई
पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि
राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले
शारीरिक र भावनात्मक रुपमा तनावरहित
बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर
भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस
राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट
बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक
पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने
यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि
प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र
महिनावारीको समयमा हुने पीडा हटाउन
लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार
आवश्यक परे महिनावारीको समयमा पनि
हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार
हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो
उपाय हो ।
७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज
गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र
आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक
बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो
र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन
उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक
आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ,
त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि
चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई
चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
Thursday, 11 June 2015
महिलाले हस्तमैथुन गर्नुपर्ने १० कारण
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment