एजेन्सी–नायिका स्नेहा उलाल सलमानसँग छुटेको धेरै भयो ।
१० वर्षभन्दा अधि सलमानसँग ‘लक्की’ फिल्ममा एकसाथ
काम गरेर बलिउड छिरेकी यी नायिका त्यसपछि
गुमनाम जस्तै भएकी थिइन् । त्च्यतिबेला यिनको सलमानसँग
अफेयर चलेको हल्ला बलिउड सिने उद्योगमा व्यापक बनेको थियो ।
१० वर्षपछि आएर यिनी ‘बेजुवान इश्क’मा अभिनय गर्न
पुगेकी छन् । आफ्नो पुनारागमनलाई लिएर उनी
भन्छिन्, ‘लामो समयपछि बलिउडमा फर्केकी छु । धेरै कम
मान्छे मात्रै एकपटक हराएपछि पुनः फर्कछन् किनभने बलिउडल कसैलाई
दोस्रो मौका दिँदैन ।’
पहिलो फिल्म नै असफल भएपछि उनी साउथ फिल्ममा पाइला
चाल्न पुगेकी थिइन् । त्यहाँ पनि उनी खासै सफल
भइनन् ।
स्नेहा फेरि हिन्दी फिल्ममा फर्कनुको आफ्नै कारण छ ।
उनी भन्छिन्, ‘जब म १५÷१६ वर्षकी थिएँ
त्यतिबेला सलमानसँग फिल्म खेल्ने आफर आयो मैले स्वीकार
गरे । त्यहो समय मैले खासै मेहनत गरिनँ ।’
स्नेहा उलाल र जरिन खाना जस्ता अभिनेतृलाई सलमान खानले फिल्म
उद्योगमा भित्राएका थिए तर उनीहरु जम्न सकेनन् । के
सलमानसँग करिअर सुरु गर्न हिरोइनको करिअर डग्मगाउछ भन्ने प्रश्नमा
उलाल भन्छिन्, ‘मेरो मान्यता छकि कसैको करिअर भाग्य, प्रस्तुति र रुचिलमा
निर्भर हुन्छ । यो सबै व्यक्तिमा निर्भर हुन्छ सलमान खानमा होइन् । जो
अभिनेतृ अगाडि बढ्न पाएनन् जस्तो कि म, यसमा गल्ती हाम्रो
हो सलमानको होइन् ।’
Thursday, 11 June 2015
सलमानसँग छुटेको १० वर्षपछि यी सुन्दरीले भनिन्, ‘गल्ती मेरो हो सलमानको होइन्’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment