गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र
प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको
प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो ।
उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र
भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो
ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु
भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि
भरद्वाजको पीढीमा भएको हो ।
तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने
चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ
त यस्तो विवाद किन हुँदैन एउटै गोत्रमा
विवाह गर्न ?
विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम,
अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले
चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका
सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् ।
विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा
उल्लेख गरिएको छ कि यदि कुनै कन्या
सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति
जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।
विवाह छिन्ने समयमा गोत्रमात्र नभएर
प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि
ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको
सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको
सम्बन्ध भने अध्यात्मले ।
मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा
सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने
उल्लेख छ ।
धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव
प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या
दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा
ब्राम्हण च्युत हुन्छ ।
यस्ता जोडीलाई सन्तान पनि गतिला
नजन्मिने हुँदैन । जानी जानी सहगोत्री
विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत
धर्म शास्त्रमा उल्लेख छ ।
Thursday, 25 June 2015
किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह जानी राखौ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment