Saturday, 27 June 2015

...योनी कसिलो, खुकुलो हुने हो र ?


डा. आदर्श प्रधान , मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक
उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो
श्रीमती या प्रेमिकाको
योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको
कुराले चिन्तित हुने गरेको पाइएको छ ।
वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ रु
यसबारे केही चर्चा गरौँ । कसिलो
योनीस् कति पुरुष महिलाको योनीभित्र
लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको
अनुभव सुनाउँछन् ।
महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि
योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा
रसबस नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि
योनी कसिलो हुन्छ । उक्त बेला
योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको
हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई
पीडा हुन्छ ।
पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा
गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण
संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ ।
अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा
योनी सधँ लचकदार हुन्छ । प्रायः महिलालाई ३०
मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ ।
प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन,
शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो
गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई
योनी लचकदार हुन्छ । यस्तो बेलामा राम्रो हुन्छ ।
समय दिएर प्राक्क्रीडा गरेर पनि महिलाले साह्रै
दुखाइ महसुस गर्छन, सम्भोग गर्न मान्दैनन भने भेजिनिसमस
भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग
विशेषज्ञसँग सल्लाह लिनुपर्छ । खुकुलो योनीस्
महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै
योनी लचकदार हुन्छ ।
यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज
भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने
गर्दछन् । यसले पुरुष(महिलाको सम्बन्धमा पनि खलल पैदा हुन
सक्छ ।
महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम
रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो
भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै
गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन ।
योनीको मांसपेशीको विशेषता भनेको
जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ ।
त्यही सानो योनीबाट बच्चा जन्मन्छ
। बच्चा जन्मिएको केही समयमा फेरि
योनी पुरानै आकारमा पुग्दछ ।
यो नै योनीको विशेषता हो । केही
महिलामा बच्चा जन्माएपछि योनीको
मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा
अलिक खुकुलो हुन सक्छ ।
कसरत गरेर पनि योनी साइजमा आउछ । केगेल
कसरत विधिः योनीको मांसपेशीलाई
कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह
दिन्छन् ।
यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ
। केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई
खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ ।
यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने,
खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ ।
बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो
बनाउने गर्नुपर्छ ।
यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । विदेशतिर
योनी कसिलो बनाउन अपरेसन गरी
योनीको मांसपेशीलाई कसिलो बनाउने
पनि गर्छन् । अ
हिले नेपालमा योनी कसिलो बनाउन
योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै
विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै
राम्रो । यसबारे सचेत हुन पनि जरुरी छ ।

No comments:

Post a Comment