Wednesday, 16 September 2015

कुमारी आमाको बच्चा लिलामीमा


(एजेन्सी) भारतको उत्तर प्रदेशस्थित एक अस्पतालका चिकित्सकले बच्चालाई लिलामीमा राखेपछि उनीमाथि कानूनी कारबाही हुने भएको छ । डाक्टर जितेन्द्र चौधरीले एक कुमारी आमाको शल्यक्रिया गरेका थिए । उनले शल्यक्रियापछि उक्त युवतीलाई बाबु बिनाको बच्चा राख्दा समाजमा अपहेलित भइने भन्दै बच्चालाई लिलामीमा राख्न उक्साए । त्यसपछि महिलाको उपचारमा संलग्न चिकित्सक र अस्पतालका मालिक जीतेन्द्रले थुप्रैलाई फोन गरेर बच्चा लिन बोलाए ।
सूचना पाएपछि बच्चा किन्नका लागि थुप्रै व्यक्ति भेला भए । बच्चाका लागि कलीम अहमद नामका एक व्यक्तिले २० हजार खर्चने बताएका थिए । त्यस्तै एक धनाढ्य जोडीले बच्चाका लागि सर्वाधिक ५० हजार खर्चने बताए । त्यसपछि रुष्ट देखिएका कलिमले प्रहरीलाई खबर गरे । प्रहरीले अहिले डाक्टर जीतेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । कलिमले डाक्टर चौधरीले नक्कली डिग्री लिएर काम गरिरहेको आरोप समेत लगाएका छन् । छानविन गरिरहेका प्रहरी अधिकृत अरुणकुमार सिंहले बच्चालाई ति धनाढ्य दम्पतीबाट छुटाएर प्रहरी सुरक्षामा राखिएको तथा जीतेन्द्र चौधरी र शल्यक्रिया संलग्न चिकित्सकलाई पक्राउ गरिएको बताए । चौधरीसँग अस्पतालको लाईसेन्स तथा सम्बन्धित डिग्री अहिलेसम्म भेटिएको छैन् । यस सम्बन्धि छानविन जारी छ । त्यस्तै बच्चाका सम्बन्धमा भारतको सर्वोच्च अदालतले नै फैसला गर्नेछ ।

No comments:

Post a Comment