Wednesday, 16 September 2015

साउदी अरेवियन कुटनितीज्ञलाई नेपाली चेली बेच्ने दलाल पक्राउ जान्कारी को लागी सक्दो share garidinu होला

साउदी अरेवियन कुटनितीज्ञलाई नेपाली चेली बेच्ने दलाल पक्राउ
भदौ ३०
काठमाडौं– नेपाली चेलीलाई साउदी अरेवियन कुटनितीज्ञ ‘मजिद’ सम्म पुर्याउने दुई दलाल पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा कल्पना परियार भन्ने कल्पना लिम्वु र कृष्ण भन्ने जित बहादुर दर्जी रहेका छन् । बर्ष ३३ कि कल्पना लाई प्रहरीले मंगलबार पोखराको हस्पिटलचोकबाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जी राजधानीको महाराजगंजबाट पक्राउ परेका हुन् ।
मोरङकी ५० बर्षिय र बाग्लुङका ३० बर्षिय नेपाली चेलीहरुलाई साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्दा राम्रो तलव हुन्छ भन्दै उनिहरुले सडकमार्ग हुँदै दिल्ली पुर्याएर भारतिय दलालहरुको गिरोहलाई बिक्री गरेका थिए ।
बिक्री पश्चात पिडीतहरुलाई बन्धक बनाई भारतको गुडगाउस्थित साउदी अरेवियका मजिद नामका कुटनितीज्ञको अपार्टमेन्टमा राखिएको थियो । साउदी कुटनितीज्ञ र उनका पाहुनाहरुले लगातार यौनशोषण गरेको खबर पाएपछी गएको भदौ २१ गते नेपाली चेलीहरुलाई भारतीय प्रहरीले गुडगाउँबाट उद्धार गरेको थियो । उद्धार पछी उनिहरुलाई नेपाल ल्याईएको थियो ।
पक्राउ परेका कल्पना र जित बहादुर विरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचविखन तथा ओरापसार मुद्धा दर्ता गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । यस गिरोहमा संग्लग्न अन्यको खोजी जारी रहेको बताईएको छ ।
नेपाली दलालहरुले पिडीतहरुलाई नयाँ दिल्ली पुर्याएर एक÷एक लाख लिइ भारतिय गिरोहलाई विक्री गरेका थिए । त्यसपछी भारतिय र दलालहरुले भारत स्थित साउदी अरेवियन राजदुतावासमा कार्यरत कर्मचारीलाई जिम्मा लगाएका थिए ।
पिडीतहरुलाई मुम्वइ, श्रिलंका हुँदै साउदी अरेविया पुर्याएर एक महिना होटलमा राखी पुन भारतको नयाँ दिल्ली ल्याएर गुडगाउँको अपार्टमेन्टमा राखिएको थियो । गुडगाउँको अपार्टमेन्टमा राखेर उनिहरुलाई यौन शोषण गर्दै राम्रो सँग खान समेत नदिई ३ महिनासम्म शरिर बन्धक बनाएर राखेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ परेकी कल्पनाको वाग्लुङको तारा गाविस र मोरङ बाहुनी–९ मा समेत घरजग्गा रहेको छ । हाल उनी काठमाडौंको कपन बस्दै आएकी थिइन् ।
अर्का दलाल जित बहादुर दर्जि पनि बाग्लुङ तारा गाविस–९ कै स्थायि बासिन्दा हुन् । उनी पोखरा उपमहानगरपालीकाको हस्पिटल चोक बस्दै आएका थिए ।

No comments:

Post a Comment