Wednesday, 11 November 2015

सरकार गिराउन मेहनत गर्नुपर्दन: सिटौला


कार्तिक २५, २०७२- कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसको सहयोगबिना संविधान कार्यान्वयन सम्भव नहुने बताएका छन् । सिटौलाले कांग्रेसको अगुवाईमा नयाँ संविधान जारी भएकोले कार्यान्यवनमा पनि आफ्नो पार्टी जिम्मेवार हुने प्रतिबद्धता ब्यक्त गरे ।
कांग्रेसको क्षेत्रीय समिति क्षेत्र नम्बर ७ झापाले बुधबार दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट र शुभकामना कार्यक्रममा सिटौलाले भने, ‘दशगजामा धर्ना दिएर मधेसको समस्या समाधान नहुने भएकोले वार्ता र संवादमा सरकार मधेसी दलहरुले जोड दिनुपर्छ ।’ मधेसको माग पुरा भएन भनेर नेपाल भारतको सिमानामा धर्ना दिंदा संविधान संशोधन नहुने र जनतालाई सास्ती दिएर जनताको अधिकारप्राप्ति नहुने उनले बताए । सिटौलाले संसदमा संविधान संशोधनका लागि सरकारलाई दबाब दिएर मधेसको समस्याको समाधान खोज्नु पर्ने बताए ।
कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिदै नेता सिटौलाले केपी शर्मा ओलीको सरकारले गरेको कामको गुण र दोषको आधारमा काग्रेसले सहयोग गर्ने दाहोर्याए । ‘दलगत स्वार्थ भन्दा माथि उठेर देशको शान्ति शुसासन कायम गर्ने पक्षमा काम गरे ओली सरकार कायम रहन्छ, एक पक्षीय ढंगले चले सरकार गिराउन कुनै मेहनत गर्नु पर्दैन,’ सिटौलाको भनाइ छ ।
कार्यक्रममा सहभागी कार्यकर्ताले आफूहरु जिल्ला ,नगर र गाउँमा बसेर कार्यकर्ता थाम्ने तर केन्द्रमा बसेर नेताहरुले कांग्रेस बिगार्ने काम गरेको गुनासो गरेका छन् ।

No comments:

Post a Comment