काठमाडौँ, कात्तिक २७ । कहिलेकाँही अचम्मका घटनाले चकित बनाउँछन् । जस्ले अचम्ममा मात्रै नपारी अब के गर्ने भनेर सोच्न बाध्य पार्दै अप्ठ्यारोमा समेत पार्छन् । त्यस्तै अप्ठ्यारोमा परेका छन् बंगलादेशका एक दम्पती ।
बंगलादेशको राजधानी ढाकाबाट एक सय २० किलोमिटर पूर्वमा रहेको ब्राहमनबारिएको अस्पतालमा दुई वटा टाउको भएकी ति बच्चीको श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
शिशुका बाबुले जन्मनासाथ छोरी भन्ने थाहा भएपछि आफु एकदमै उत्साहित बने पनि २ वटा टाउको देखेपछि मन नै भारी भएको बिबिसीले उल्लेख गरेको छ ।
बिबिसीका अनुसार शिशुले दुवै मुखबाट आमाको दूध चुसेको र हाल सघन कक्षमा राखेर उपचार थालीएको छ । शिशुको टाउको दुईवटा भएपनि अरु अंक भने एउटा मात्रै रहेको अस्पतालले जनाएको छ ।
Friday, 13 November 2015
बिहिबार जन्मिएको दुई वटा टाउको भएको बच्चाले दुई वटै मुखबाट यसरी दुध चुस्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment