मधेस आन्दोलनका कारण बन्द रहेका धनुषा जिल्लाका बजार र वित्तीय संस्थाहरु आइतबारदेखि खुलेपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
बन्दको ८५ औं दिनमा आएर जनकपुरसहित जिल्लाका बजार खुलेपछि किनमेल गर्नेहरुको भिडभाड देखिएको छ । लामो बन्दका कारण घरमा जोहो गरेर राखेको दैनिक उपभोग्य वस्तु सकिएका कारण बिहानैदेखि बजारमा चामल, दाल, तेल, तरकारीलगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्नेहरुको बाक्लो उपस्थिति देखिएको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले पनि आजदेखि कारोबार सुरु गरेकाले सर्वसाधारणले राहत महसुस गरेका छन् । जनकपुरका प्रायजसो सबै बैंकहरुमा पैसा झिक्नेको भीड लागेको थियो ।
तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले आइतबारदेखि मङ्सिर १ गते मङ्गलबारसम्म बजार र बैंक तथा वित्तीय संस्थाहरु खुल्ला राख्ने निर्णय गरेपछि बजार र वित्तीय संस्था खुलेको हो । रासस
Tuesday, 10 November 2015
८५ दिनपछि बन्द खुलेपछि स्थानीय बासिन्दामा उत्साह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment