काठमाडौं, असार १३ - आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई मृत्युदण्डको सजायँ दिनुपर्ने महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल नारी चेतनशील संघकी अध्यक्ष सोमा खत्रीले एक बलात्कारी बुवालाई अदालतले जेल चलान नगरी खुलेआम छाडेकोमा आपत्ती जनाउँदै बलात्कारीलाई कानुनी कठ्घरामा उभ्याउनुपर्ने बताउनुभयो ।
नेपाल प्रहरीमा कार्यरत दोलखा झुले गाविस स्थायी घर हाल काठमाडौंको बसुन्धारमा बस्दै आएका प्रहरी हवल्दारले आफ्नै १४ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको भन्दै उहाँले ती व्यक्तिलाई कडा कारवाही गर्न माग गर्नुभयो ।
बलात्कारको आरोपमा थुनामा रहेका प्रहरी हवल्दारलाई जिल्ला अदालत काठमाडौंले ३० हजार रुपैयाँ धरौटीमा जेल मुक्त गरि तारिखमा छोडेको भन्दै महिला अधिकारकर्मीहरुले त्यसको विरोध पनि गरेका छन् ।
‘बलात्कारीलाई यसरी खुलेयाम छोड्दा पीडितको सुरक्षा कस्ले गर्छ ?’ खत्रीले प्रश्न गर्दै भन्नुभयो । यस्ता व्यक्तिलाई कारवाही नभए कानुनी राज्यको उपहास हुने भन्दै उहाँले बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने माग गर्नुभयो ।
पीडित बलात्कृत बालिकाले आफूलाई बुवाले पटक–पटक जवरजस्ती बलात्कार गरेको भन्दै डरले यस अघि यो घटना सार्वजनिक गर्न नसकेको बताइन् । शुक्रबार रिपोर्टस क्लवमा भएको पत्रकार सम्मेलनमा ती बालिकाले भनिन् ‘बुवाले तेरी आमाले तेरो उमेरमा तलाई जन्माइसकेकी थिई यौनसम्पर्क गर्दा केही हुँदैन भन्दै जवरजस्ती गर्नुभयो, उहाँको बलको अगाडी मैले केही गर्न सकिन् ।’ बलात्कारी बुवाले यस बारेमा कसैलाई भनेमा आमा छोरीलाई मारीदिने धमी दिएको उनले बताइन् ।
बालिकाका आमाले आफू नभएको समयमा छोरीलाई कात्तिकदेखि पटक–पटक जवरजस्ती बलात्कार गरेको भन्दै जेठ ८ गते मात्र आफूले घटना बारे थाहा पाएको बताइ्रने । ‘मलाई र सानो छोरालाई विभिन्न बहाना पारेर बाहिर पठाई बलात्कार गर्ने गरेको रहेछ’ पीडितकी आमाले भनिन ‘तर मैले जेठ ८ गते आँफै प्रत्यक्ष देखेपछि उसले हामी आमा छोरीलाई नै ज्यान मार्ने धम्की दिएको छ । मैले पहिले त डरले यो कुरा कसैलाई पनि भनिन्, बरु म माइतीमा गएर बसें ।’
पछि सवैले यस्ता अपराधीलाई नछोड्न भनेपछि न्याय पाउने ठूलो आशाका साथ आफूले उजुरी गरेको भन्दै महिलाले बलात्कारीलाई न्यायलयले नै उन्मुक्ति दिएपछि न्याय पाउने आशामा तुषारापात भएको गुनासो गरिन् । पत्रकार सम्मेलनमा विभिन्न ७ वटा संघ संगठनहरुले जनतालाई सुरक्षा दिने जिम्मेवार व्यक्तिले नै यसरी आफ्नै छोरी चेलीलाई बलात्कार गर्दा महिलाहरु घरमै असुरक्षित रहेको भन्दै महिलाहरुको सूरक्षाको प्रत्याभुति दिन सरकारसँग माग गरेका छन् ।
Friday, 27 June 2014
आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई मृत्युदण्डको सजायँ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment