तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु ।
कफन भित्र बेरिएर चल्दै हुनेछु ।। नौमती बाजा संगै घुम्टो तिम्ले ओड्दा ।
मलामीले कफन मेरो खोल्दै हुनेछु ।। सिउदो तिम्रो पराईले रङगाउने बेला ।
चिता माथि लाश भई जल्दै हुनेछु ।। अन्माएर तिम्रो डोली पराई घर जादाँ ।
सल्किएर चिता माथि गल्दै हुने छु ।। नयाँ घरमा तिमीले पहिलो कदम राख्दा ।
सम्सान घाटमा हेर्नु म बल्दै हुनेछु ।। तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु ।
कफन भित्र बेरिएर चल्दै हुनेछु ।।
दिनबन्धु रेग्मि
No comments:
Post a Comment