आजको पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण १० गते
शनिबार, तदनुसार जुलाई २६ सन् २०१४,
श्रीशाके १९३६, नेपाल संवत् ११३४,
प्लवङ्गनामकह संवत्सरह, सूर्य
पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश
गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष
चलिरहेको छ । शौरमान अनुसार आज
श्रावणकृष्णपक्षको अमावश्या तिथि ५४
घटि ३ पला अर्थात राति ३ बजेर ०२
मिनेटसम्म त्यसउप्रान्त
प्रतिपदा तिथि लाग्नेछ । आज सूर्य कर्कट
राशिमा रहेको छ भने चन्द्रमा कर्कट
राशिमा अहोरात्र रहनेछ । आज दिनमान
३३ घटि ४७ पलाको रहनेछ ।
आज सूर्योदय
नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान
ठीक ५ बजेर २४ मिनेटमा यम
मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६
बजेर ५५ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विरोधीहरु सक्रिय हुनेछन्, अपजस आईलाग्ने,
अनाश्यक टकराव खेप्नुपर्ने दिन शुभ छैन
चनाखो रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसिक पीडा थपिने, मानहानी, आफन्त
बाट धोका, आम्दानीका श्रोतहरु घट्नेछन्
नआतिनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक जमघट बढ्ने, राजनैतिक
क्षेत्रमा सफलता, गरेको प्रयास सार्थक
रहनेछ दिन शुभ रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सबै क्षेत्रबाट लाभ पाइन सक्ने, नविन
कार्यको थालनी गर्दा राम्रो, दिन शुभ
रहेको छ, उपयोग गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आदरसत्कार पाइने,
नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य
आम्दानी, दिन अत्यन्त राम्रो छ उपयोग
गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गर्न खोजेको काम विफल शुनेछन,
मनमा असान्ति छाउने,
स्वास्थ्यमा एक्कासी गडबढी आउन सक्नेछ
।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यश कृति बढ्ने, शतुमाथि विजय हासिल,
घरमा नयाँ मान्छेको आगामन, दिन सुखद्,
समय महत्वपूर्ण रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
–
आटेजति काम गर्न असफल, अफन्तबाट
विरोध आउनेछ, व्यापारमा मन्दी आउने,
दिन सामान्य रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चोटपटकको भय, टाढाको यात्रा असफल
हुनेछ, नास्तिक विचारले सताउनेछ, समय
खराव रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त जनसंग मनमुटाव हुन सक्ला, मन चञ्चल,
पेट वा कम्मरको रोग लाग्ने, चिन्ता पर्ने
खवर प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रियतम भ्टघाट हुनेछ, टाढाबाट धन प्राप्त
हुन सक्नेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ,
स्वास्थ्य राम्रो रहेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परोपकार कार्यबाट लाभ पाइने, प्रसंशक
बढ्ने, नयाँ कार्यमा लगानी हुने, दिन
तथा समय अत्यन्तै सबल छ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण १० गते शनिबार
बिहान ५:२४ बजेदेखि ६:५४ बजेसम्म काल
बेला, बिहानमा ६:५४ बजेदेखि ८:२४ सम्म
शुभबेला, बिहानमा ८:२४ बजेदेखि ९:५४
बजेसम्म रोग बेला, बिहानमा ९:५४
बजेदेखि ११:२४ बजेसम्म उद्वेग बेला, बिहान
११:२४ बजेदेखि दिनमा ११:५४ बजेसम्म चर
बेला, दिनमा १२:५४ बजेदेखि २:२४ बजेसम्म
लाभ दिनमा २:२४ बजेदेखि ३:५४ बजेसम्म
अमृत साँझ ३:५४ बजेदेखि ५:२४ बजेसम्म काल
बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ
भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत
सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम
गर्दा पनि शुभ, लाभ र अमृत
बेला पार्नुहोला ।
Friday, 25 July 2014
२०७१ साल साउन 10 गते सनिवार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment