Monday, 28 July 2014

आज मिति 2014-07-29 तारिख २०७१ साल श्रावण शुक्लपक्ष द्वितिया तिथि, श्रावण १३ गते मङ्गलवार अनुसार तपाईंको राशीफल

मेष (चू चे चो ला ली लु ले लो अ)
भाग्योदयको योग रहको छ ।
सरकारी कार्यमा सफलता मिले
पनि सामाजिक कममा घाटा हुनेछ ।
तपाईंलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने
योग रहेको छ । घरमा शुभ कार्य सम्पन्न
होला ।
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
कर्मक्षेत्र फराकिलो हुनेछ ।
आयको दायरा बढ्नेछ ।
सरकारी क्षेत्रबाट
तपाईंको पक्षमा महत्वपूर्ण निर्णय
आउनेवाला छ । शक्तिको बलमा अरुलाई
माइनस गर्ने कोशिस
आफ्ना लागि प्रत्युत्पादक बन्ने छ ।
मिथुन (का कि कु घ ङ छ के
को हा)
आर्थिक पक्ष मजबुत बन्ने छ ।
रोक्किएर बसेको धन हात लाग्ने छ ।
मनमा बैमनश्यता र
काममा अपार्दर्सिता तपाईंका लागि घातक
रहेका छन् । मित्रको भरमा चल्नाले हुने
घाटाको भागीदारी पनि तपाईं स्वयम
हुनु पर्नेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
जती ढिला गरे पनि समयले
तपाईंलाई पर्खिने छैन अतस् समयमै
सावधान रहनुहोला ।
आफ्नो कामको अवमूल्यन हुनु र स्वास्थ्यले
साथ नदिनु चिन्ताको विषय हुनेछ ।
रोजगारीका अवसर गुम्नेछन् ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
सामाजिक
काममा अरुको ठुलो सहयोग हुनेछ ।
तपाईंको बिचारको अरुद्वारा सम्मान
हुनेछ । दीनदुःखीको सहयोगमा समय
लगाइने छ । केही आलोचनाकोबीच
तपाईंको मनोबल उच्च रहने छ । आय
आर्जनका स्रोत बढ्ने छन् ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
पैतृक धन सम्पत्तिसम्बन्धी बिवाद
आउन सक्छ । समयमै बिचार
नपुर्याउँदा बनिसकेको कामबाट हात धुनु
पर्ला । पारिवारिक असमझदारीले
तपाईंको बनेको प्रतिष्ठा गुम्ने
खतरा रहेको छ ।
तुला (र री रु रे रो ता ती तू ते)
आत्मबल उत्तरोत्तर बढ्दै जानेछ ।
काम गर्ने जोशमा वृद्धि हुनेछ ।
सन्तानको कारण गर्व गर्ने मौका मिल्नेछ ।
शुभ काममा खर्च हुनेछ । गुमिसकेको धन हात
लाग्नेछ । साहसिक कार्यले सम्मान
मिल्नेछ ।
वृश्चिक (तो ना नी नू ने
नो या यि यु)
जग्गा जमिनको कारोवार
फस्टाउने छ । सोचेको काम पुरा हुनेछ ।
गाडी वाहनको सुख प्राप्त हुनेछ । सम्मान
प्रतिष्ठा प्राप्त हुने योग रहेको छ ।
परीक्षा प्रतियोगितामा सफलता हात
लाग्नेछ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
आर्थिक रुपमा कमजोर बने
पनि सामाजिक प्रतिष्ठा भने
मिल्नेछ । आत्मकेन्द्रित
तपाईंको स्वभावको सबैले आलोचना गर्ने
छन् । मनोरञ्जन आदि कार्यमा खुलेरै खर्च
गरिने छ । तपाईंप्रति सबैको भरोशा हुनेछ ।
मकर (जो जा जी खी खू खे
खो गा गी)
अनायासै खर्चको योग रहेको छ ।
बैदेसिक कार्य सफल हुनेछ । पारिवारिक
चिन्ताको कारण कार्यमा बाधा हुनेछ ।
खेतीपातीमा नोक्सानी बेहोर्नु पर्नेछ ।
चौपाया आदिमा घाटा हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
पहिलेको बिवाद उल्टिनाले
तपाईंको लक्ष्यमा आघात पुग्नेछ ।
नसोची गरेको कामबाट घाटा हुनेछ ।
अरुको पद पछ्याउँदा तपाईंको काम
थाँती रहनेछ । ब्यापार नाफामा जानेछ
भने मित्रहरुबीच देखिएका बिवाद दुर हुनेछन्

मीन (दि दू थ भ ञ दे दो चा ची)
चिसोको समस्याले सताउनेछ ।
ब्यापारबाट
नोक्सानी बेहोरिएला । पद
अवन्नतिको योग रहेको छ । गलत
तथा अर्थहीन आरोपहरु आउन सक्ने छन् ।
मनमा चिढचिढापन
तथा ब्यवहारमा अपार्दर्सिता झल्किनेछ

No comments:

Post a Comment