Thursday, 24 July 2014

तपाइको आजको रासिफल २०७१ साल श्रावण ९ गते शुक्रबार

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण ९ गते
शुक्रबार, तदनुसार जुलाई २५ सन्
२०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
प्लवङ्गनामकह संवत्सरह, सूर्य
पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश
गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष
चलिरहेको छ । शौरमान अनुसार आज
श्रावणकृष्णपक्षको चतुर्दशी तिथि ४९
घटि ४४ पला अर्थात राति १ बजेर १७
मिनेटसम्म
त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ ।
आज सूर्य कर्कट राशिमा रहेको छ भने
चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ ।
आज दिनमान ३३ घटि ४९ पलाको रहनेछ ।
आज सूर्योदय
नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान
ठीक ५ बजेर
२४ मिनेटमा विभिषणा मुहूर्तमा भैसकेको छ
भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने,
अधुरा कार्य आज पूरा, पुराना मित्रसंग
भेटघाटको अवसर मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी संगीहरुसँग कलह, पेट
वा कम्मरको रोग लाग्ने,
मनपरेको खानामा अवरोध आउनेछ, दिन
खराब छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गरेका कार्य अधुरा हुनेछन,
यात्रा तथा कार्यमा बाधा,
आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एक्कासी आँखामा खराबी आउन सक्ने,
धनमाल चोरी हुन सक्नेछ, आफूले
गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल
रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन
कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक
क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न
जानेछ, समय खराब छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्तसंगको टकरावले दिनभर तनाव,
पेशाप्रति असन्तुष्टि,
आम्दानीमा गिरावट, अनावश्यक
झमेला थपिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने
कार्यमा सरिक हुन पाइने, पारिवारिक
सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ
सरकारी सम्मान पाउन सकिने, शैक्षिक
क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसिल ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ,
नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द,
राजनीतिक सक्रियता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यमा खरावी आउन सक्ने, समय
विवादित रहनेछ, चोटपटकको भय,
नकरात्मक सोचाइले आँफैलाई घाटा ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड
हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक
झमेलाले पेशाप्रति रुचि घट्नेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण ९ गते शुक्रबार
बिहान ५:२४ बजेदेखि ६:५४ बजेसम्म चर बेला,
बिहानमा ६:५४ बजेदेखि ८:२४ सम्म लाभ
बेला, बिहानमा ८:२४ बजेदेखि ९:५४ बजेसम्म
अमृत बेला, बिहानमा ९:५४ बजेदेखि ११:२४
बजेसम्म काल बेला, बिहान ११:२४
बजेदेखि दिनमा ११:५४ बजेसम्म शुभ बेला,
दिनमा १२:५४ बजेदेखि २:२४ बजेसम्म रोग
दिनमा २:२४ बजेदेखि ३:५४ बजेसम्म उद्वेग
साँझ ३:५४ बजेदेखि ५:२४ बजेसम्म चर
बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ
भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत
सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम
गर्दा पनि शुभ, लाभ र अमृत
बेला पार्नुहोला ।
आजको साइत:
आज दक्षिण दिशाको बाहेक अन्य कुनै
पनि दिशाको यात्रा नगर्दा राम्रो हुने
ज्योतिष वैज्ञानिक
दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म
राहुकाल रहनेछ । यो समय भित्र यात्रा,
लेनदेन, ठूलो लगानी नयाँ निर्णय
केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

No comments:

Post a Comment