Saturday, 26 July 2014

राती सुत्दा पनि आफ्नो मोबाइल फोन सिरानी मुनि राखेर सुत्ने

एजेन्सी, ११ साउन, कतिपय
मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल
फोन सिरानी मुनि राखेर सुत्ने
गरेको पाइन्छ । कसैकसैले त हेलचेक्राइ गरेर
चार्जर समेत जोडेर
पनि सिरानी मुनी घुसारेर सुत्ने
गरेको पाइन्छ । मोबाइल
फोनमा आएका समस्याले आगलागी, घाइते
तथा मान्छेको ज्यानै समेत जाने गरेको पटक
पटक समाचार सार्वजनिक भइ रहेका छन् ।
मोबाइल फोन बोक्ने सबैले
केही यस्ता कुराहरुलाई ध्यानमा राख्नु
जरुरी छ जो आफ्नै सुरक्षाका लागि हो ।
अमेरिकाको टेक्सासमा यस्तै
एउटा घटना घटेको छ । एक १३
वर्षीया बालिकाको सामसुङ
ग्यालेक्सी एस–४ मोबाइल पड्किएको छ ।
राती सिरानी मुनि घुसारेर
सुतेकी उनको मोबाइल फोन अचानक
पड्किएको हो । एरियल
टोलफ्री नामकि ति बालिकाले
सिरानी मुनी राखेको फोनमा अचानक
आगो लागेपछि मात्रै थाहा पाइन
त्यो समयमा उनको मोबाइल र सिरानी,
डसना जलिरहेको थियो । एरियलले
घटना बारे मिडिया र सम्बन्धित
कम्पनीलाई जानकारी गराईन ।
कम्पनीले उक्त मोबाइलमा ओर्जिनल
ब्याट्री प्रयोग नगरी लोकल
ब्याट्री प्रयोग भएकोले यस्तो भएको र
आफ्नो कम्पनीको मोबाइल एकदम सुरक्षित
भएको दाबी गरेको छ । कम्पनीले
क्षतिपूर्ति बापत एरियललाई एक मोबाइल
सेट, तकिया,
डसना लगायतका जलेका सामान दिने
भएको छ । कम्पनीले मोबाइल सेटमा प्रयोग
हुने समानहरु र
सुरक्षाका उपायहरुको बारेमा सेटमै
राखिएको चेतावनी स्टिकर पढ्न र
सावधान रहन अनुरोध पनि गरेको छ ।

No comments:

Post a Comment