Friday, 8 August 2014

यी कुराहरुको लागि बन्नुहोस् स्वार्थी

हामीलाई धेरैजसो स्वार्थी नबन्नु भनेर
घरमा सिकाइएको हुन्छ । सबैलाई
राम्रो व्यवहार गर्दै मिलेर बस्ने
शिक्षा पनि दिइएको हुन्छ । तर
धेरैजसो कुराहरु सिक्नु र गर्नुमा धेरै फरक हुने
गर्दछ । स्वार्थीलाई धेरै मानिसहरुले मन
पराउँदैनन् तर कतिपय ठाउँमा तपाईं
स्वार्थी बन्नु अत्यावश्यक हुने गर्दछ ।
यहाँ हामी तपाईंलाई
कस्तो अवस्थामा तपाईं स्वार्थी बन्नुपर्ने
भन्ने विषयमा जानकारी दिँदै छौँ ।
१. निष्पक्ष व्यवहार गर्ने विषयमाः
धेरैजसो मानिसहरुले तपाईंसँग निष्पक्ष
व्यवहार गर्दैनन् ।
यस्तो अवस्थामा उनीहरुको हित सोच्नु
तपाईंको लागि नराम्रो हुने गर्दछ ।
यदि कोही व्यक्तिहरु
तपाईंको बारेमा निष्पक्ष हुँदैनन् भने तपाईं
स्वार्थी हुनुहोस् र आफूलाई के
गर्दा राम्रो हुन्छ त्यो मात्र गर्नुहोस् ।
त्यस्ता व्यक्तिको बारेमा तपाईं सोच्दै
नसोच्नुहोस् र आफ्नो तरिकाले काम
गर्नुहोस् ।
२. आफ्नो सपना पूरा गर्नः
यदि तपाईं आफ्नो जीवनमा कुनै लक्ष्य
प्राप्त गर्न चाहनुहुन्छ भने केहि कुरा गुमाउनु
पनि पर्ने हुन्छ ।
यस्तो अवस्थामा मासिहरुको आलोचना सहन
तयार रहनुहोस् र स्वार्थी बन्नुहोस् । लक्ष्य
प्राप्तिका लागि रणनिति बनाउन सुरु
गर्नुहोस् र आफैँलाई समय दिनुहोस् ।
त्यसपछि मात्र तपाईं आफ्नो लक्ष्य प्राप्त
गर्ने मार्गमा सफल हुनसक्नुहुनेछ र यससँगै
मानिसहरुले तपाईंलाई स्वार्थीको ट्याग
पनि उपहारमा दिएका हुन्छन् ।
३. सत्यलाई साथ दिनः
सधैँ सत्य कुराको साथ दिनुहोस् ।
यदि तपाईंले सत्य कुराको साथ
दिँदा स्वार्थी भनिनु हुन्छ भने त्यसलाई
स्विकार गर्नुहोस् तर झुटो कुरालाई साथ
दिएर त्यसमा नफस्नुहोस् । सबै
मानिसहरुको आफ्नो छुट्टै निति नियम हुने
गर्दछ, त्यसलाई नै पछ्याउँदै आफ्नो कुराहरु
सुन्नुहोस् ।
४. धेरै प्रश्न गर्ने व्यक्तिसँगः
यदि कसैले तपाईंलाई धेरै नै प्रश्न गर्ने गर्दछन्
भने उनीहरुलाई ‘हो’ भनेर कुरा समाप्त
गर्नुहोस् । यदि तपाईंले यस्तो कुराहरु
गर्नुहुन्छ भने तपाईंलाई स्वार्थी भन्ने
पनि हुन्छन् । तपाईंले बिना कारण
प्रश्नमाथि प्रश्न थुपार्ने व्यक्तिहरुबाट
छुटकारा पाउने यो नै
सजिलो तरिका हो ।
५. पहिले आफू अनि मात्र अरु कोहिः
आजको संसारमा तपाईं सबैको भलाई गर्न
सक्नुहुन्न । आधुनिक
संसारमा सबैभन्दा पहिले
आफ्नो आवश्यकताहरुलाई पूरा गर्नुहोस्
त्यसपछि आफ्नो परिवारलाई
प्राथमिकता दिनुहोस् र त्यसपछि मात्र
बाहिरको संसारमा ध्यान दिनुहोस् तर
आफ्नो केहि नगुमाई । मन नभई दिमागबाट
काम गर्नुहोस् । आफ्नो जीवन
सन्तुलनमा राख्नुहोस् ।
६. थोरै दुरी राख्नुहोस्ः
प्रत्येक सम्बन्ध, काम र कुरामा सन्तुलन
बनाउनुहोस् । कुनै
पनि कुरा अति भएको खण्डमा पहिले
आफैँलाई हेर्नुहोस् । मानिसहरुसँग धैर्यता र
सहजताका साथ कुरा गर्नुहोस् तर आफूलाई
दबाएर होइन । थोरै दुरी त जे
कुरामा पनि राख्नै पर्छ ।
७. प्राथमिकताहरुः
आफ्नो प्राथमिकताहरुलाई
थाहा पाउनुहोस् र त्यसलाई क्रमबद्ध
तरिकाले पूरा गर्नुहोस् । अरुलाई
आफ्नो आवश्यकता परेको खण्डमा सहयोग
गर्नुहोस् तर आफ्नो काम बिगारेर होइन ।
भावुक व्यक्तिहरुका लागि यस्तो गर्नु सहज
हुँदैन तर गर्नैपर्नेहुन्छ । (एजेन्सी)

No comments:

Post a Comment