Sunday, 1 March 2015

४ कारणले गर्दा भुलेर पनि नखानुस पाउरोटी

l
हामी दैनिक जसो नै पाउरोटी खान्छौं । कसैलाई त
नियमित नै पाउरोटी खान मन पर्छ । तर दैनिक
जीवनमा धेरै नै उपभोग हुने
मैदाको पाउरोटी अर्थात ह्वाइट व्रेड
स्वास्थ्यका लागि भने खतरनाक हुन सक्छ । निम्न
कारणले सेतो पाउरोटी खाँदा सचेत हुनु जरुरी छ ।
१. पाउरोटीमा प्रयाप्त पोषक तत्व हुँदैनः अन्य
खानामा जस्तो सेतो पाउरोटीमा पोषक तत्व
प्रयाप्त हुँदैन । मैदाबाट बनेको अर्थात ह्वाइट
ब्रेडमा फाइवर नै हुदैन, अन्य तत्व नि खास महत्वपूर्ण
हुँदैन खासमा यो पाउरोटीमा केही पनि महत्वपूर्ण
हुँदैन भन्दा पनि हुन्छ ।
यद्यपी गहुँको पाउरोटी अर्थात ब्राउन ब्रेड भने
राम्रो मानिन्छ ।
२. यसमा अत्याधिक नुनको मात्रा हुन्छः हामीले
सामान्यतया खाने
पाउरोटीमा नुनको मात्रा अत्याधिक हुन्छ ।
हामीले बजारबाट किनेर वा सुपरमार्केटबाट लिएर
सेवन गर्ने पाउरोटीमा नुनको मात्रा बढी हुन्छ ।
यसर्थ जति पाउरोटी कम खायो त्यति नै
शरीरमा सोडियमको मात्रा कम हुन्छ । तर
दिनको एक स्लाइस ब्रेडले भने खास हानी गर्दैन ।
घरमा पाउरोटी खाँदा नुनको मात्रा कम गरेर
खानुस् ।
३. पाउरोटीले तपाइँको तौल
बढाउँछः पाउरोटीमा हुने चिनीको मात्रा लगायत
अन्य कुराले तपाइँको तौल बढाउने मात्र होइन
स्वास्थ्यमा समेत हानी गर्न सक्छ ।
४. पाउरोटी पूर्ण
खाना पनि होइनः पाउरोटीमा पोषकतत्व कमि त
हुन्छ नै तर यसलाई पूर्ण खानाकोरुपमा प्रयोग गर्न
कठिन छ । खासगरी पाउरोटी खाएपछि पनि पेट
नभरे जस्तो हुने हुँदा अरु खाना पनि खानु पर्ने हुन्छ
।।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ,
हेर्नका लागि विचमा थिच्नुहोस

No comments:

Post a Comment