रियल मड्रिडका पूर्व महान
खेलाडी अल्फ्रेडो डी स्टेफानोको सोमबार
८८ वर्षमा हृदयघातका कारण निधन
भएको छ ।
शनिबार हृदयघात भएपछि उनलाई
मड्रिडस्थित जिओर्जिओ मारानोन
अस्पतालमा राखिएको थियो ।
उनी कोमामा थिए ।
डी स्टेफानो पछिल्ला वर्षमा निकै
अस्वस्थ रहदै आएका थिए । ११ वर्ष
क्लबमा बिताएका डी स्टेफानोलाई
रियलले अहिलेसम्मकै महान खेलाडी भनेर
वर्णन गर्दै आएको छ । १९५३ मा छिरेका उनले
रियललाई १९५६ देखि १९६० सम्म लगातार
पाँचपटक युरोपियन
कपको उपाधि दिलाएका थिए ।
अर्जेन्टिनामा जन्मिएका डी स्टेफानोले
रियलबाट ८ स्पेनिस
लिगको उपाधि जिती १९५७ र १९५९
मा युरोपेली वर्ष
खेलाडीमा चुनिएका थिए । ११ सिजन
आउँदा उनले कुल ३ सय गोल गरेका थिए ।
विश्वकप कहिल्यै नखेले पनि उनले
अर्जेन्टिना, कोलम्बिया र
स्पेनको राष्ट्रिय
टोलीको पनि प्रतिनिधित्व गरेका थिए
। तर फिफाले उनले कोलम्बियाबाट
खेलेको खेल संख्यालाई भने अस्वीकार
गरेको छ ।
Monday, 7 July 2014
विश्वकप चलिरहँदा महान खेलाडीको मृत्यु एजेन्सी ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment