बिदेश पठाउने
बहानामा यसरी बेचिन्छन
चेलि ...बिस्तारमा थाहा
पाउनुहोस् !
मानब बेचबिखन
तथा ओसारपसारको आरोपमा दुइसाता
अघि दुर्गा देबि मल्ल पक्राउ परिन । चार
जना महिलाहरुलाई
कुबेतमा रोजगारीमा लगाईदिने
प्रलोभनमा पारेर बेचबिखन गर्न भारत तर्फ
लैजाँदै गरेको आरोपमा उनि पक्राउ
परेकी हुन । भोजपुरकी ३७
बर्षिया ललिता (नाम परिबर्तन), भेजपुरकै
३६ बर्षिया कबिता (नाम परिबर्तन),
भोजपुरकै ३१ बर्षिया माया नाम
परिबर्तन र मकवानपुरकी २५
बर्षिया सीता (नाम परिबर्तन) लाई
यहि असार २० गते पोखरा उप म.न.पा १५
स्थायी घर भएकी दुर्गा देबी मल्लले
बैदेशिक
रोजगारीको बहानामा महेन्द्रनगरको
बाटो भारत लैजाने
क्रममा शान्ति पुनस्र्थापना गृहले ससस्त्र
प्रहरीको सहयोगमा बनबेहडा बाट उद्धार
गरेको थियो ।
उद्धार भएपछि दुर्गा देबि लगाएत अरु एक
महिला बिरुद्ध मानब बेचबिखन
तथा ओसार
पसारको मुद्धा दर्ता भएको छ ।
दुर्गादेबि मल्लले बिदेशमा जागिर
लगाईदिन्छु भन्दै पासपोर्ट बनाउने खर्च,
पासपोर्ट बनाउन जाँदाको खर्च सबै
ब्योहोर गरेको उद्धार भएका महिलाहरुले
बताए । अहिले नेपाल सरकारले नेपालबाट
खाडि मुलुक जान रोक लगाएको छ, त्यसैले
भारत हुँदै जानुपर्छ निशुल्क भिसा हो एक
रुपैया खर्च लाग्दैन भन्दै दुर्गादेबिले
ल्याएकी हुन ।
त्यसैको बिश्वासमा आयौ बुटवल बाट
महेन्द्रनगरको गाडीमा चढेपछि बाटोमा
पुलिसले चेक गर्न सक्छ मुख छोप्नु,
गड्डा चौकि पुगेपछि अर्को मान्छे आउँछ
तिमीहरु त्यहि मान्छे संग पालै
पालोे मोटरसाईकलमा जानु भनेर
सिकाएको उद्धार गरिएकी एक महिलाले
बताईन ।
कैलालीमा मानब बेचबिखन बिरुद्ध
क्रियाशिल
संस्था शान्ति पुनस्र्थापना गृहले बैदेशिक
रोजगारीको नाममा महिलाहरु बेच्न
लगदिै छन भन्ने सुचनाको आधारमा ससस्त्र
प्रहरीको सहयोगमा उनिहरुलाई उद्धार
गरिएको संस्थाका कार्यक्रम संयोजक
बासुदेब भट्टराईले बताए । बैदेशिक
रोजगारीमा लगाईदिने भन्दै
पछिल्लो समय
कैलाली कंचनपुरका नाकाहरु प्रयोग गर्दै
युवतिहरु बेच्ने क्रमले तिब्रता पाएको छ ।
देशका बिभिन्न जिल्लाहरुबाट दलालहरुले
बेचबिखनका लागि कैलाली कंचनपुरका
नाका प्रयोग गर्ने गरेको खुल्न आएको छ ।
पहिला पहिला भारतको मुम्बई शहरमा हुने
गरेको महिला बेचबिखनमा केहि हद सम्म
न्युनिकरण आएपनि बैदेशिक
रोजगारको नाममा खाडी मुलुक लैजाने
भन्दै भारतका अन्य शहरहरुमा दलालहरुले बेच्ने
गरेका छन ।
पुर्बी नकाहरुमा कडाई गरेपछि दलालहरुले
भारतको दिल्ली पुग्न सजीलो र
छोटो हुने भएर पनि पश्चिमी नाकाहरु
प्रयोग गर्न
थालेको पुनस्र्थापना गृहका संयोजक
भट्टराईले बताए । संस्थाले आर्थिक बर्ष
२०७०÷०७१ मा सिमा क्षेत्र
तथा भारतका बिभिन्न शहरहरुबाट
गरि जम्मा ४१ जना महिला,
बालबालीका तथा युवतिहरुको उद्धार
गरिएको छ । उद्धार गरिएका ४१
जना मध्ये १५ जनालाई
प्रहरीको जिम्मा लगाईएका, एक
जनालाई संस्थाको आफ्नै
पुनस्र्थापना केन्द्रमा पुनस्र्थापना
गरिएको र अन्य २५ जनालाई
प्रहरीको रहोबरमा परिवारको जिम्मा
लगाईएको संयोजक भट्टराईले
जानाकारी दिए ।
संस्थाको तथ्याकंमा उद्धार
गरिएकाहरुमा सबैभन्दा बढी १० देखि १५
बर्षका २१ जना रहेका, १६ देखि २०
बर्षका १० जना रहेका छन । उद्धार
गरिएका २६ जना अबिबाहित छन भने १५
जना बिबाहित रहेका छन ।
सुदुरपश्चिमका जिल्लाहरु मध्ये
सबैभन्दा बढी कैलालीकै २२ जना रहेका छन
भने अन्य जिल्लाहरुमा भोजपुर, नुवाकोट र
मकवानपुरका रहेका छन ।
कैलालीको मात्र उद्धार गरिएका २२
जना मध्ये सबैभन्दा बढी गेटा गा.बि.स
का ७ जना, चौमालाका ५,
बौनियाका ४ र अन्य बेलादेबिपुर,
गदरीया, मालाखेति, र
साडेपानीका रहेका छन ।
सबैभन्दा बढी दलित १५ जना, जनजाती १४
र बाहुन क्षेत्री १२
जना रहेका संस्थाको तथ्याकंले
देखाएको छ । आ.ब २०७०÷०७१ मा हराएर
वा बेपत्ता भएका ३४
वटा उजुरी परेकोमा जम्मा २ जनामात्र
भेटिएको, र ३२ जना सम्पर्कमा नरहेको,
हराएका मध्ये २० जना अबिबाहित छन भने
१४ जना बिबाहित रहेका छन ।
हराएकाकोे उजुरी निबेदनमा दिईएको
सम्पर्क नम्बरमा फोन गर्दा सम्पर्क हुन
नसकेको शान्ति पुनस्र्थापना गृहका
कार्यक्रम संयोजक बासुदेब भट्टराईले बताए
। हराउँदा संस्था वा प्रहरीमा उजुरी
दिन्छन र भेटिए पछि सम्पर्कमा नरहने
कारणले
पनि हराएका ब्यक्तिहरुको तथ्याकं धेरै
आएको उनको अनुमान छ ।
Sunday, 20 July 2014
बिदेश पठाउने बहानामा यसरी बेचिन्छन चेलि ...बिस्तारमा थाहा पाउनुहोस् !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment