आजको पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण ५ गते
सोमबार, तदनुसार जुलाई २१ सन् २०१४,
श्रीशाके १९३६, नेपाल संवत् ११३४,
प्लवङ्गनामकह संवत्सरह, सूर्य
पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश
गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष
चलिरहेको छ ।
शौरमान अनुसार आज
श्रावणकृष्णपक्षको दशमी तिथि ४२
घटि ५४ पला अर्थात राति १० बजेर ३१
मिनेटसम्म त्यसउप्रान्त
एकादशी तिथि लाग्नेछ । आज सूर्य कर्कट
राशिमा रहेको छ भने चन्द्रमा मेष
राशिमा २३ घटि १४ पला अर्थात
दिनमा २ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त वृष
राशिमा प्रवेश गर्नेछ ।
आज दिनमान ३३ घटि ५९ पलाको रहनेछ ।
आज सूर्योदय
नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान
ठीक ५ बजेर २२ मिनेटमा मैत्र
मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६
बजेर ५६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एक्कासी आम्दानीमा वृद्धि,
राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल,
तार्किक क्षमताको विकास हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने,
हतियारबाट कष्ट, विरोधी सक्रिय,
नास्तिक विचार पलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक सहयोग, उत्साह उमंग पलाउने,
व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ,
समय शुभ रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ,
मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ,
सम्मानको अवसर ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यमा व्यावधान आम्दानी घट्ने
पारिवारिक किचलो, स्वास्थ्यमा धन
खर्च गर्नुपर्ने छ सतर्क हुुनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुर्घटनाका भय, आफन्तसँग मनमुटाव,
शारीरिक पीडा थपिने समय खराब छ,
सतर्क हुनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँठाउँको अवलोकन, आरोग्य
जीवनको उपभोग,
विरोधी माथि विजयी,
प्रतियोगितामा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
–
जोखिम कार्य सफल हुने, यात्रा फलदायी,
तार्किक क्षमताको विकास,
अध्ययनमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने
सम्भावना, व्यापारमा गिरावट, अशुभ
समाचार सुन्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा अनावश्यक पीडा, अनावश्यक टक
राव हुने, आर्थिक भार थपिने, आफन्तबाट
धोका पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन
कार्यमा लगानी, व्यापारबाट पर्याप्त
मुनाफा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट
आइलाग्ने, मन परेको खानमा अव रोध हुने,
दिन खराब रहनेछ ।
Sunday, 20 July 2014
आजको पञ्चाङ्ग आज मिति २०७१ साल श्रावण ५ गते सोमबार, तदनुसार जुलाई २१
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment