आमा म रात्री भोज मा गए ,त्यति खेर
तिमीले दिएको साबधानी मलाई
संझना थियो । तिमीले मलाई
रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले
सोडा, केवल सोडा पिए । म आफै
मा खुशी भए, किनकी मैल े
तिम्रो बाचा पुरा गरे । मैले पिएर
गाडि चलाईन जबकी सबै साथीहरु मलाई
पिउन को लागी जोड गरेका थिए ।
मलाई थाह छ , मैले सहि निर्णय
लिएको थिए ।
आमा मलाई थाह थियो , तिमी मलाई
जे भन्छौ ंमेरै भलो को लागी त भन्छ्यौं ।
अब रात्री भोजको लगभग अन्त्य भयो र
सबैजना आ- आफ्नो घर तिर जान लागे । म
पनि प्रफुल्ल मुद्रा मा घर
जानको लागी मेरो गाडिमा बसे
किनकी मलाई तिमीले हरेक समय प्रफुल्ल
हुन सिकाएकी थियौं ।मैले
गाडि चलाउन के सुरु गरेको थिए , म
बाटो बाट बाहिरिए । अर्को गाडिले
मलाई देखेनछ क्यारे ,
मेरो गाडि माथी पहाड
खसेसरी बजारियो, त्यो गाडि । म त
बाटो को किनारमा उछिट्टिएछु
अनि बिस्तारै पुलिस को आवाज सुन्छु,
बेहोसिमा, पुलिस अगाडि भन्छ ,
त्यो अर्को मान्छे ले
रक्सी पिएको थियो ।
आमा अैले मैले त्यस्को भुक्तानि तिर्दैछु ।
आमा म अैले सडकमा मरिरहेछु ,
मेरो चाहना केवल तिमीलाई एक
चोटि भेट्न पाए । आमा मलाई किन
यस्तो भयो ? किन मेरो जीवन बेलुन फुटे
सरी भयो आमा ? मेरो वरी परि रगतै रगत
मात्र देख्छु र सबै जसो मेरै हो ।
यहा मेरो नजिकै
भएको परिचारीका बाट म सुन्छु , म
केहि बेरमै मृत्यु बरण गर्दैछु । आमा, म
तिमी फेरी पनि कसम खान्छु, मैले
तिम्रो बाचा पुरा गरे, मैले
कत्ति पनि पिईन । सबैजना ले
पिए ,उनिहरुले सोच्दै नसोचि पिए ।
मलाई जस्ले हान्यो ,उ
पनि त्यहि रात्री भोजमा थियो , केवल
फरक छ उसले पियो र म मर्दै छु ।
आमा, मान्छे ले किन पिउछन ? जव यसले
सारा जीवन नै सिद्दयाउन सक्छ भने !
आमा मलाई दुखाई बढ्दै छ । हरेको पल
चक्कुले मेरो सरीर टुक्रा टुक्रा पारिरहे
जस्तो भएको छ मलाई । त्यो मान्छे
जसको गाडिले मलाई हान्यो,मेरै सामु
निर्धक्क हिडिराखेको छ ।
आमा ! यो त उचित न्याय भयन नि ,
त्यस्तो लाग्दैन तिमीलाई । म
यहा मरिराखेको छु, उ केवल मलाई हेर्न
मात्र सक्छ ।
मेरो भाई मलाई संझेर रोला,नरुनु
भनि दिनु होला,
बाबालाई साहसी हुन
हौंसला दिनुहोला ।
जब म स्वर्गमा पुग्छु , अनि जब म
स्वर्गमा पुग्छु,मेरो बाबा आमा को यो प्यारो छोरालाई,चिहान
मा पुरी दिनुहोला । कमसेकम कसैले
उसलाई पिएर गाडि चलाउन हुन्न भनेर
संझाईदिएको भए पनि त म अझै पनि बाच्ने
थिए । मेरो सास
छोटो छोटो भईराखेको छ , आमा ।
मलाई एकदैमे डर लागिरहेको छ , आमा ।
आमा मेरो लागी कहिल्यै पनि नरुनु है ।
मलाई जब जब
तिम्रो खाचो थियो तिमी सधै म संगै
थियौं , आमा, जीउन लाई पो साथ
चहिने रहेछ, मर्न त एक्लै पनि मरिने रहेछ
नि ।
आमा म मेरो मृत्यु लोक मा जादा जादै,
तिमी लाई एउटा अन्तिम प्रश्न राख्न
चाहन्छु , मैले तिमीले भनेझै नपिएर नै चलाए
तर म नै किन मर्नु पर्यो ?
Wednesday, 30 July 2014
अन्तिम प्रश्न ! (कथा जीन्दगीको )
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment