Monday, 25 August 2014

तपाइको यो वर्ष २०७१ साल कस्तो छ ? हेर्नुहोस् वर्षभरिको राशिफल :

श्री शाके १९३६ नेपाली सम्बत १११४ बिक्रम
सम्बत २०७१ प्ल्वङ नाम सम्वतसर, यस
वर्षको राजा तथा मन्त्री चन्द्रमा परेका छन,
जो ज्योतिषीय हिसावले अत्यन्तै शुभप्रद
रहेको छ । यसको प्रभाव वर्षभर राशिहरुमा पर्ने
छ, जो यस प्रकार रहेको छ -
मेष- वर्षको पूर्वार्धमा राम्रो छ । कार्तिक २५
देखि शनिको अढैया दशा सुरु हुन्छ । जग्गा-
जमीन, व्यापार-व्यवसायमा खासै प्रगति हुने
देखिँदैन । समग्रमा मेष राशीलाई यो वर्ष मध्यम
फल प्राप्त हुनेछ ।
वृष- गृहस्थितिमा सुख प्राप्ति हुनेछ ।
नोकरीमा सन्तोषजनक स्थिति छ ।
राजनीतिमा खिचातानीले निराश हुनु पर्नेछ
। सन्तान पक्षबाट अपेक्षित सुख हुने छैन । वैदेशिक
रोजगारीमा खिन्न हुनु पर्नेछ ।
मिथुन- यो राशीलाई पनि यो वर्ष मध्यम
स्थिति रहनेछ ।
आमाबाबुको सदभावमा गिरावट आउने छ ।
परीक्षामा पनि सफलता पाउने सम्भावना कम
छ । खर्च बढ्नेछ । नोकरीमा ख्याती कमाउने
सम्भावना छ ।
कर्कट- यो राशीका लागि ०७१
सालको पूर्वार्धभन्दा उत्तरार्ध राम्रो छ ।
पठन-पाठनमा राम्रो छ । पापकर्मतिर मन जान
सक्छ । शारीरिक कमजोरीले आँटेको काम
पुरा नहुने र मनमा अशान्ति बढ्ने देखिन्छ ।
सिंह- यो राशीलाई
उत्तरार्धभन्दा वर्षको पहिलो ६
महिना बढी फलदायी देखिन्छ । कात्तिक २५
देखि शनि अढैया दशा लाग्ने छ । दाजुभाइ,
आमाबुबा र साथीभाइको सहयोग पाइने छ ।
मौसमी रोगव्याधले सताउनेछ ।
नोकरीमा सामान्य सफलता पाइने छ ।
कन्या- यो राशीलाई पहिलो ६
महिनाभन्दा पछि राम्रो छ । बोल्दा होस
पुर्याउनु पर्ला । राजनीतिमा सम्मानित हुने
अवसर आउला । पति-पत्नीवीचको सम्बन्धले
उग्ररुप लिन सक्ने छ । व्यापार
व्यवसायमा खासै प्रगति छैन ।
तुला- यो राशीलाई कात्तिकसम्म मध्य
साढेसाती दशा लाग्ने छ भने त्यसपछि अन्त्य
साढेसाती दशा लाग्ने छ । त्यसैले यो वर्ष
खासै उत्साहवर्धक वर्ष छैन ।
यद्यपि राजनीतिले उल्लेख्य
स्थानमा पुर्याउला । व्यापार
व्यवसायमा सुधार आउन सक्छ ।
वृश्चिक- यो राशीलाई पनि ०७१ सालको छ
महिना कटेपछि आद्य साढेसाती र
त्यसपछि मध्य साढेसाती शनि दशा छ । त्यसैले
यो वर्ष खासै फलदायी छैन ।
यद्यपि आमाबुबा वा नातेदारको आशिर्वादमा रमाउन
पाइन्छ । पढाइ लेखाइमा अरुची एवं दाम्पत्य
जीवनमा कटुता आउने देखिन्छ । गर्दै
आइरहेको काममा खासै चित्त नबुझ्न सक्छ ।
धनु- यो राशीलाई
कात्तिकदेखि साढेसाती दशा लाग्ने छ ।
आँटेको काममा अड्चनहरु आउने छन् । इष्टमित्रहरु
टाढिन खोज्नेछन् । सन्तान पक्षबाट सुख प्राप्त
हुने देखिन्छ । पति-पत्नीवीचको सम्बन्ध सुमधुर
रहनेछ ।
मकर- यो राशीका लागि ०७१ साल घाम-
छाँयाँजस्तै शुभ-अशुभ दुबै रहने देखिन्छ । नोकरी र
राजनीति फलदायी देखिन्छ । दाजुभाइ
दिदी बहिनीको सम्बन्धले आघात पुर्याउने
देखिन्छ । शत्रुहरु सल्बलाउने छन् । भाग्य खस्किँदै
गएको अनुभूति हुनेछ ।
कुम्भ- यो राशीका लागि पनि ०७१ साल शुभ-
अशुभ दुबै खालको छ । बोली प्रभावकारी बन्ने
छैन । राजनीतिमा खासै उपलब्धी छैन । पढाइ
लेखाइ र व्यापार व्यवसाय राम्रै छ । शत्रुहरु
निराश हुनेछन् ।
मीन- यो राशीफल भएका मानिसलाई
कात्तिकसम्म शनिको अढैया दशा भए
पनि त्यसपछिका महिनामा भने राम्रो हुने
देखिन्छ । बौद्धिक स्थिति पनि अब्बल
दर्जाको रहनेछ । बोलीको प्रभावले काम बन्ने
छन् । भाग्य अलि कमजोर रहेकाले
मनमा चिताएका काम पूरा नहुन सक्छन् ।
दाम्पत्य जीवन त्यति राम्रो देखिँदैन ।

No comments:

Post a Comment