Tuesday, 19 August 2014

यस्तो सपना देखेमा तपाईंको मृत्यु छिट्टै हुदैछ भन्ने संकेत गर्छ (थाहा पाइराखौ)


मृत्युको बिचार सबैका लागि निकै भयानक हुने
गर्दछ । मानिसहरुको अन्तिम यथार्थ
भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु
निश्चित छ ।
मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण
कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो ।
यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै
डराउने गर्दछन् । तर
यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन ।
मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब
तपाईंको मृत्यु हुन्छ, तपाईंलाई
यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु
धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध
गरिएका छन् जसबाट मृत्युले
ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव
पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार
एकपटक देवी पार्वतीले भगवान शिवसँग
कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन
सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर
दिँदै भगवान शिवले मृत्युका १०
संकेतहरुको बारेमा बताएका छन् ।
१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ
जसमा हल्का रातो रङ देखिन्छ भने उक्त
व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव
पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६
महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ
यो संकेतलाई व्यक्तिको मृत्यु नजिक
भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म
लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त
व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग
ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त
व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट
निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु
निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन
थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु
केहि दिनका लागि मात्र जीवित हुने
बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न
छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु
अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई
रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै
नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट
भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने
बुझ्नुपर्छ । (एजेन्सी)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

No comments:

Post a Comment