आजको राशिफल
वि .सं . २०७१ फाल्गुन ०९ गते शनिबार तदनुसार ई . सं .
२०१५ फेब्रुवरी २१ तारिख , फाल्गुन शुक्ल तृतीया,
उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा ,
साध्य योग, तैतिल करण
आजको मूहुर्त : अग्निवास ( होमादि) , पसल थाप्ने ,
दैलो राख्ने , दीक्षाग्रहण,
मेष ( चु , चे , चो , ला , लि, लु , ले , लो, अ ) –
समय राम्रो छैन । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर
कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार
गरेर काम गर्नुहोला । मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला ,
खराब समय छ । खर्चको मात्रा बढ्न सक्छ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष ( इ , उ, ए, ओ , बा , बि , बु , बे , बो ) –
बन्धुबान्धव र दाजुभाइले
तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् ।
साथीभाइसित भेटघाट हुने योगसमेत छ ।
अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक
तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस
पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन ( का , कि , कु , घ , ङ, छ , के , को , ह ) –
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ , तर
चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं
लेखनको कार्यमा समय दिने फुर्सत पाउनु हुन्न ।
प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय
निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने
नमिठोपना आउने सङ्केत भने देखिन्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै
नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट ( हि , हु, हे, हो , डा, डि, डु , डे, डो) –
लामो दूरीको यात्रामा निस्कन
वा यातायातको साधन किन्न आजको दिन अनुकूल
छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण
भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ ।
टाढा रहेका आफन्तजनको उन्नति र
प्रगतिको समाचार सुन्न पाउनु हुनेछ ।
मान्यजनको आशीर्वाद पाउनु हुनेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु , मे, मो, टा , टि, टु , टे ) –
गर्नु नपर्ने कामबाट जोगिने बेला हो , गर्न
बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ ।
हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला ।
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग
वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले
सताउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या ( टो , प, पि , पु, ष, ण, ठ , पे, पो ) –
सोचेजस्तै सफलता प्राप्त हुनेछ । सोच्दै
नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम
बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य
जीवन सुखमय रहनेछ ।
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि आज
अनुकूल छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला ( र, रि , रु, रे, रो , ता , ति , तु, ते) –
काम गर्दा आर्थिक , सामाजिक , व्यावहारिक
आदि विभिन्न उपलब्धीहरु हासिल हुनेछन् ।
देख्दा झिनामसिना र सानातिना काम भए
पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल
हुनेछ । कुनै झैझगडा , विवाद वा तर्कवितर्कमा सरिक
भई निर्णय दिन बाध्य हुनु पर्नेछ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक ( तो , ना , नि , नु, ने, नो , या, यि, यु ) –
आज विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन
गरी स्याबासी पाउने दिन हो । अन्य
सबैका लागि भौतिक सुविधाको दीर्घकालिक
जोहो गर्ने दिनका रुपमा आजको दिन आएको छ ।
चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ , कुनै
दीर्घकालिक योजनालाई मूर्त बनाउन
आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै
यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु ( ये , यो, भ, भि , भु, ध , फा, ढ, भे) –
आज विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय
गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर
घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् ।
कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
शरीरमा थकान र आलस्य देखिनसक्छ र
खर्चको मात्रासमेत बढ्नेछ । आजका लागि शुभअङ्क
२ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर ( भो , ज , जि , खि , खु, खे, खो , गा , गि ) –
धार्मिक , सामाजिक काम
वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय
आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज
त्यसका लागि अनुकूल समय आएको छ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने
सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो , सा, सि , सु , से , सो , द ) –
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ ।
नोकरी र व्यवसायिक क्षेत्रमा आज
तपाईंको बोलीको कदर हुने दिन हो ।
तपाईंको वाणि र
व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ ,
जोस र जाँगर बढ्नेछ ।
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ
मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन ( दि , दु , थ , झ , ञ , दे , दो, च , चि ) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् ।
तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।
कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ
। लामो दूरीको लाभदायक
यात्राको सम्भावना छ । घरायसी वातावरण
पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त
राम्रो परिणाम प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ,
हेर्नका लागि विचमा थिच
Friday, 20 February 2015
आजको राशिफल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment