काठमाडौं : हालै रसियाको एक
गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको दृष्य
देखियो । काजाकिस्तानको सिमानादेखि ८०
माइल टाढाको एक
गाउँमा एक्कासी तीनवटा सुर्य
उदाएको देखेर
चेलियाविंस्कका स्थानीयबासी चकित
परेका थिए ।
स्थानीयले लहरै तीनवटा सुर्यको किरण
देखेपछि चकित भएका थिए । तर
यथार्थमा त्यहाँ तीनवटा सुर्य भने
उदाएका थिएनन् । हावामा आँखाले देख्न
नसकिने
बरफको सानो भन्दा सानो क्रिस्टलले
दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई
तीनवटा देखिने बनाएको थियो ।
माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम
तापक्रमकै कारण अप्टिकल भ्रम बन्ने
गरेको डेलिमेलले लेखेको छ । ' फ्यानटम सन'
नामले समेत चिनिने यो दृष्यले मानिसहरुलाई
आश्चर्य चकित बनाएको थियो ।
अहिले तीनवटा सुर्यको भिडियो र तस्बिर
सामाजिक
सञ्जालमा लाखाैंको संख्यामा सेयर
भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले
जनाएका छ्न् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल
छ, हेर्नका लागि विचमा थिच्नुहोस
Thursday, 19 February 2015
रसियामा तीनवटा सुर्य उदाएपछि .. .
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment