राशिफल/ २०७१ फाल्गुन ०६ गते बुधबार
इटहरी, २०७१ फागुन ६ गते
आजको राशिफल - कृष्णप्रसाद
कोइराला
मेष (चु, चे, चो, ला,
लि, लु, ले, लो, अ) –
आज धैर्यधारण गरी परिश्रम
गर्ने दिन हो । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद
रहने छ । अभिभावकवर्ग, गुरुजन
र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य
सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा,
बि, बु, बे, बो) –
संयमताका अपनाउनु श्रेयस्कर
हुनेछ, आजको दिन भाग्यबल
राम्रो छैन । पारमार्थिक
काममा खटिनु पर्नेछ ।
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे
पनि अपमान र अपजसको सम्भावना छ । अशुभ
समाचारले मन खिन्न हुनसक्छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ,
ङ, छ, के, को, ह) –
अनावश्यक र
झर्को लाग्दो यात्रा हुने
सम्भावना छ । अरुले
तपाईंका आन्तरिक
क्रियाकलापको चियोचर्चो गर्नेछन् ।
काममा ढिलासुस्ती हुने योग छ, त्यसैले
सानो कमजोरी वा भूलका कारण अपमानित बन्न
सक्नुहुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो,
डा, डि, डु, डे, डो) –
प्रेममा सफलता प्राप्त हुने
योग छ । सामान्य विवादले
ठूलो रूप लेला तर पनि तपाईंकै
विजय हुनेछ ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ,
कतै छोटो दुरीको विशिष्ट र
लाभदायी यात्रा पनि हुन सक्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै
नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे,
मो, टा, टि, टु, टे) –
वादविवाद, मुद्दामामिला र
दैनिक
काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम
तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र
उद्योगधन्दामा फाइदा छ ।
लामो दूरीको यात्राका लागि प्रयास हुने
सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु,
ष, ण, ठ, पे, पो) –
मानसम्मानमा गिरावट आउने
छ । आज मुखमा अलच्छिन
बसेको दिन छ । त्यसैले जोसँग
जतिबेला बोले पनि विचार
पुर्याएर बोल्नु होला । तपाईंको चिन्तन
वा विचारको आलोचना हुनेछ ।
पाचनप्रणालीमा गडबडी हुनसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो,
ता, ति, तु, ते) –
परिवारभित्रकै सदस्य
वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र
धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव
हुनेछ, शरीरमा चोटपटकको भय छ ।
साँझमा पाचनप्रणालीमा हुने गडबडीले
पिरोल्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि,
नु, ने, नो, या, यि, यु) –
व्यापारिक वा दैनिक
कामहरू सन्तोषजनक ढंगले
सम्पन्न हुनेछन् । वैदेशिक
व्यापार, कृषिव्यवसाय र
नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
आम्दानीमा कमी आउने छैन ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै
यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु,
ध, फा, ढ, भे) –
मान, प्रतिष्ठा र
सम्मानमा कमी आउन नदिन
प्रयास गरिने छन् । घुमघाम र
भेटघाटका लागि मन
लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ ।
छरछिमेकी, कुटुम्ब
वा नातागोताको झर्कोलाग्दो काममा संलग्न
हुनुपर्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय
नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि,
खु, खे, खो, गा, गि) –
मन दोधार नबनाउनु होला,
नत्र तपाईंले तिनलाई पूर्ण
उपयोग गर्न सक्नुहुन्न ।
स्वास्थ्य अनुकूल हुनेछ । मित्र,
परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक
परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने
अनुकूलता हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा,
सि, सु, से, सो, द) –
नचाहेको जिम्मेबारी वहन
गर्नुपर्ने छ । परिवारका कुनै
सदस्यको अस्वस्थताका कारण चिन्तित हुने
सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद
आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् ।
खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क
६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस
मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ,
दे, दो, च, चि) –
शुभ समाचार प्राप्त हुनाले मन
फुरुङ्ग हुनेछ । सामाजिक
सभासमारोहमा भाग लिनु
पर्नेछ ।
पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार
प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक
कृत्यमा सहभागी हुनु पर्नेछ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Tuesday, 17 February 2015
राशिफल/ २०७१ फाल्गुन ०६ गते बुधबार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment