Monday, 16 March 2015

सडकमै कुटेर यसरी मान्छे मारियो

एजेन्सी : आइतबार बिहान पाकिस्तानको लाहोरमा दुर्इ
चर्च बाहिर गरिएको हमलामा १४ जना ब्यक्तिको ज्यान गयो ।
घटनामा ८० जना बढी गम्भीर रुपमा घाइते
भए ।
सोही हमलामा संलग्न भनिएका एक व्यक्ति
नराम्ररी कुटार्इ खाएर मृत्युवरण गर्न पुगे ।
हमलापछि आक्रोशित भींडले बम हमलामा संलग्न
भनिएका एक युवकलार्इ सडकमा निकालेर
कुटीकुटी मारेका हुन् ।
सडकमै कुटपिट गरी हत्या गरिँदै
बम हमलापछि चर्च बाहिर जम्मा भएका सयौं ईसाई
धर्मावलम्बी रिसले चुर भएका थिए । रिसको झोंकमा
उनीहरुले सहरकै बीच सडकमा बम
हमलामा संलग्न ती ब्यक्तिको ज्यान कुटेरै लिए ।
तालिवानको संलग्नता रहेको सो बम हमलामा कम्तिमा २ जना
व्यक्तिको संलग्नता रहेको पाकिस्तानी
प्रहरीको भनाइ छ ।
बम हमला यति शक्तिशाली थियो कि तत्कालै
घटनास्थलमा ५ जना मारिएका थिए । घटनापछि लाहोर शोकमा डुबेको
थियो भने मृतक र घाइतेका आफन्तबीच
रुवाबासी चलेको थियो

No comments:

Post a Comment