Friday, 13 March 2015

आजको पञ्चाङ्ग वि.सं. २०७१ फाल्गुन ३० गते शनिबार तदनुसार ई. सं. २०१५ मार्च १४ तारिख,

आजको पञ्चाङ्ग
वि.सं. २०७१ फाल्गुन ३० गते शनिबार तदनुसार ई.
सं. २०१५ मार्च १४ तारिख,
प्लवङ्ग नामक संवत्सर, शाके ः— १९३६, सूर्य
उत्तरायण, शिशिर ऋतु, ने.सं. ः— ११३५,
(चिल्लागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय ः बिहान ०६ः०१
बजे र सूर्यास्त ः साँझ ०५ः५४ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय ः बिहान ०६ः०९
बजे र सूर्यास्त ः साँझ ०६ः०१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय ः बिहान ०६ः१४
बजे र सूर्यास्त ः साँझ ०६ः०६ बजे
चैत्र कृष्णपक्षको अष्टमी तिथि, बिहान ०६ः१२
बजेसम्म, त्यसपछि नवमी तिथि,
मूल नक्षत्र, बेलुका ०८ः५४ बजेसम्म,
त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु
राशिमा (अहोरात्र व्याप्त),
व्यतिपात योग, बिहानको राती ०३ः०४ बजेसम्म,
त्यसपछि वरीयान् योग,
गर करण, साँझ ०५ः३४ बजेसम्म त्यसपछि वणिज
करण,
आनन्दादि योग ः गद, चन्द्रवर्ण ः पहेंलो,
चन्द्रदिशा ः पूर्व, योगिनीदिशा ः ईशान,
वारशूल ः पूर्व,
आजको मूहुर्त ः रुद्राभिषेक(रुद्रीपूजा),
अग्निवास(होमादि), पुराणश्रवण,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ
मूहुर्त ः
०१ गते ः चैत्र सङ्क्रान्ति, अग्निवास(होमादि),
०२ गते ः पापमोचिनी एकादशी व्रत, रुद्राभिषेक
(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास(जग
राख्ने), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,
०३ गते ः देशोद्धार पूजा, द्विपुष्कर योग,
द्विपुष्कर योग बेलुका ०५।२३ बजेदेखि राती १०।
५८ बजेसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास
(होमादि), दैलो राख्ने, पुराणश्रवण,
आजको राशिफल
मेष (चु, चे, चो, ला,
लि, लु, ले, लो, अ) –
चिताएको काममा सफलता हुने
छैन । मन
नपरेका साथीभाइसित भेटघाट
हुने तथा दिक्क र
झर्कोलाग्दो यात्राको सम्भावना छ ।
दाजुभाइले कामधन्दामा सहयोग गर्ने छैनन् ।
भाग्यबलमा ह्रास आएको अनुभूति हुनेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सों सोमाय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा,
बि, बु, बे, बो) –
स्वास्थ्यमा गडबडी भई
दैनिक कामकाजमा असर पर्ने
योग छ । अनाहकमा अरुले
गरेका गल्तीको पनि सजाय
भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले
विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले
अपमानित तुल्याउन सक्छन् ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ मृत्युञ्जयाय नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ,
ङ, छ, के, को, ह) –
कृषि, पशुपालन र दुग्धजन्य
पेसामा संलग्न
व्यक्तिका लागि आजको दिन
त्यत्ति अनुकूल छैन ।
प्रणयसम्बन्ध र रतिराग बढाउने समय त हो, तर
दाम्पत्यजीवनमा असमझदारी बढ्नाले फकाउने र
फुल्याउने काममा नै दिन बित्नेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो,
डा, डि, डु, डे, डो) –
प्रशंसकहरू बढ्ेछन् ।
प्रतियोगितात्मक
क्रियाकलापमा सफल
हुनुहुने छ ।
पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट
व्यक्तिसँग भेटघाट हुनेछ । जोस र जाँगर बढ्नेछ
। व्यापारिक कारोबारमा सुधार आउने योग छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ बुं बुधाय नमः यस
मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे,
मो, टा, टि, टु, टे) –
प्राज्ञिक, बौद्धिक र
लेखनकार्यमा गरेको मिहिनेत
खेर जान सक्छ ।
सन्तति पक्षको क्रियाकलापले
नैराश्यता उत्पन्न हुनेछ । बन्धुबान्धवले
तपाईंका नकारात्मक धारणालाई बढावा दिनेछन् ।
खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु,
ष, ण, ठ, पे, पो) –
घरगृहस्थीमा धेरै समय
खर्चनु पर्नेछ । वैदेशिक
रोजगारी गर्नेेहरूले आज
घरायसी कुरा सम्झेर दिन
बिताउने छन् । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय
नमः यस मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो,
ता, ति, तु, ते) –
कृषिकार्यतिर मन जानेछ ।
प्रयाससाध्य समय छ धैर्य
गर्नुहोला । साथीहरूसित
मनोरञ्जनको अवसर जुर्नेछ
। तपाईंको आत्मविश्वासमा अभिबृद्धि हुनेछ ।
व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन
सक्नेछन् । आर्थिक लगानी हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि,
नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा थोरै
नकारात्मकता देखिनसक्छ,
मौसमी रोगबाट जोगिनु होला ।
भौतिक साधनको किनमेल गर्दा लाभ हुने देखिंदैन
। मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च हुनेछ ।
कुटुम्बपक्ष र दिदीबहिनीलाई सन्तुष्ट पार्न
धौधौ हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु,
ध, फा, ढ, भे) –
नयाँ योजना कार्यान्वयन
गर्न अझै अनुकूल समय छैन
। घरबाहिर जान वा वैदेशिक
यात्रा गर्ने
योजना बन्नसक्छ । मनोरञ्जनका लागि मन
लालायित हुनसक्छ । प्राविधिक काम वा व्यवसायिक
क्षेत्रमा दिक्कलाग्दो परिश्रम गर्नुपर्नेछ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे
हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि,
खु, खे, खो, गा, गि) –
सुखी जीवन व्यतीत गर्न मन
लालायित हुनेछ । भोगविलास र
शृङ्गारिक सामाग्री खरिद
गर्न धन खर्च हुनेछ ।
अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन
सक्छ । घुमघाम र
मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सरस्वत्यै नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो,
सा, सि, सु, से, सो, द)

भेटघाट र
मनोरञ्जनमा आजको समय
व्यतीत हुनेछ ।
छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ ।
घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम
हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये
नमः यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ,
दे, दो, च, चि) –
पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ
प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र
सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत
देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट
खुशीको खबर प्राप्त हुने छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य ः यो पञ्चाङ्गको सूर्योदय,
सूर्यास्त, तिथि, नक्षत्र, योग, करण
आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी,
नेपालको अक्षांश ः २६ः३९ः४७ उत्तर
तथा देशान्तर ः ८७ः१६ः२८ पूर्व र
नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार
मानी सूर्यसिद्धान्तको प्रयोग
गरी गणना गरिएको हो, साथै राशिफल
लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने
शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत
वेधस्थान समेतको गणना गरिएको छ )

No comments:

Post a Comment