एजेन्सी । कहिले कहिले वैज्ञानिकहरुले यस्ता जीव
भेट्टाउँछन् कि जसलाई देखेर हामी आफ्नै पृथ्वी र
यसमा रहने जीवको बारेमा कति कम जान्दछौं भनेर
अन्दाज गर्न सक्छौं ।
समुद्रको गहिराईमा हालै एउटा यस्तो जीव
वैज्ञानिकहरुले फेला पारेका छन् , जुन करिब साढे १२
करोड वर्षअघि नै पृथ्वीबाट लोप भएको अनुमान
गरिएको थियो । यो जीव भेटेर स्वयम् वैज्ञानिकहरु
पनि आश्चर्यमा परेका छन् ।
प्रागैतिहासिक कालको जस्तो देखिउने ‘ गब्लिन
शार्क’ नामको यो जीव अस्ट्रेलियाको एक जैविक
संग्रहालयमा राखिएको छ ।
गुलाबी रंगको यो शार्क आफ्नो लामो मुख र
नंग्रा जस्ता दाँतका कारण निकै अनौठो देखिन्छ ।
वैज्ञानिकहरुले यसलाई ‘ गहिराईको एलियन’
को उपमा समेत दिएका छन् । यसको वैज्ञानिक
नाम ‘ मित्सुकुरी अस्टोनी ’ हो र यो हिन्द
महासागर , आन्ध्र महासागर र प्रशान्त
महासागरमा पाइएको छ । यो एक जीवित
जिवाश्मा हो ।
अस्ट्रेलियाली संग्रहालयका फिस कलेक्सन म्यानेजर
मार्क म्याकग्राउदरले भनेका छन् , ‘ यो जीव भेटिनु
अत्यन्तै दुर्लभ हो । मेरो संग्रहालयमा यस्ता केवल ४
शार्क छन् । पहिले २ वटा शार्क १९८०
मा भेटिएका थिए ।
पछिल्लो समयमा जनवरीमा एक शार्क
भेटिएको थियो । सतहभन्दा करिब ६५६ फिट
गहिराईमा भेटिएको गब्लिन शार्कले
साना माछा र गंगटा खान्छ ।’
यो समाचारसंग सम्बन्धित भिडियो तल छ,
हेर्नका लागि विचमा थिच्नुहोस
Friday, 6 March 2015
भेटियो साढे १२ करोड वर्षअघि लोप भएको भनिएको अनौठो जीव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment