नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १६ डण्डा पिप्प्रेनीमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ना ३ त ९८९७ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय बासिन्दा ५७ बर्षीय मद बहादुर विकको घटना स्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरिबहादुर बरुवालले बताउएका छन ।
No comments:
Post a Comment