Monday, 16 March 2015

पारसलाई पूर्वयुवराजको प्रमाणपत्र

काठमाडौं । तीन महिनादेखि थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह केही दिनपछि छुट्ने भएका छन् । बैंकस्थित नेपाली दूतावासले उनी नेपालको पूर्वयुवराज भएको भनेर त्यहाँको अदालतलाई पत्राचार गरेपछि उनी छुट्ने सम्भावना बढेको हो ।
थाइल्यान्डको उत्तरी प्रान्त नुमगाईको अदालतले लागूऔषध मुद्दामा सुरुमा पारसलाई धरौटीमा छाडेपनि पछि भनेको समयमा उपस्थित नभएको भनेर थुनामा राख्ने आदेश दिएको थियो ।
पारसका वकिलहरुले उनी नेपालको पूर्वयुवराज भएको र लागूऔषध कारोबारी नभई कहिलेकाही मात्र उनले सेवनका लागि मात्र लागूऔषध बोक्ने गरेको बताएपछि अदालतले उनी नेपालको पूर्वयुवराजको प्रमाण मागिएको दृष्टि साप्ताहिकमा खबर छापेकाे छ ।
सोही आदेशअनुसार पारसलाई थाइल्यान्डमा सहयोग गर्दै आएका सुनिल खड्काले यस्तो पत्र लेखिदिन दूतावासलाई आग्रह गरेका थिए । तर दूतावासका अधिकारीले पारसका परिवारले आग्रह गरेमात्र लेखिदिने बताएपछि काठमाडौंबाटै हिमानीले फोन गरेर दूतावाससँग सहयोग मागेको स्रोतले बताएको छ । त्यसपछि दूतावासले अदालतलाई उनी नेपालको पूर्वयुवराज भएको भन्दै पत्र लेखेका थिए ।

No comments:

Post a Comment