Friday, 3 May 2013

MAN CHUNE KATHA

जब म त्यस रात घर पुगेँ,
मेरी श्रीमती खान पस्किन तरखर गर्दै
थिइन् | तिनको हात समात्दै मैले भनें:
"तिमिसित एउटा कुरा गर्नु छ्"|
तिनी बसिन र चुपचाप खान थालिन् |
मैले तिनको आँखामा उदासीपन महसुस
गरें | अचानक मेरो वाक्य बन्द भयो | तर
जे कुरा मैले धेरै
दिनदेखि सोचिरहेको थिएँ,
त्यो भन्न जरुरी थियो - म तिनिसँग
सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ |
मैले आफ्नो कुरा संयमका साथ राखेँ |
मेरो कुराबाट तिनी बिस्मयचकित्
भएको पाइन, बरु नम्र भएर सोधी:
किन? मैले तिनको प्रश्नलाई टार्न
खोजेँ | तिनी रिसाइन र चप्स्टिक
हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन |
त्यस रात हामी दुवैबिच
कुराकानी भएन,तिनी रुइरहेकी थिइन् |
हाम्रो बैबाहिक सम्बन्धमा के
त्यस्तो खोट देखापर्यो भन्ने
कुरा तिनले जान्न चाहनु स्वभाविकै
कुरो हो | तर मसंग तिनलाई दिने
त्यस्तो सन्तोषजनक जवाफ थिएन |
जेन भन्ने महिलाले मेरो हृदय
जितिसकेको थियो र मैले
मेरो श्रीमतीलाई माया गर्न
छोडिसकेको थिएँ |
तिनिप्रति दया जागेर आयो |
गह्रुगो अपराधबोधकासाथ मैले
एउटा सम्बन्ध्-बिच्छे दको सम्झौता पत्र
तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र
मेरो कम्पनीको ३०% शेयरमा तिनलाई
हकदार बनाएँ | तिनले त्यो सम्झौता-
पत्रमा एक नजर दिइन र फाडेर
च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै
छानामुनी बसेकी ती महिला अब
अजनवी भैसकेको थियो |यस
घरमा आएर तिनको आफ्नो समय,
शिप, शक्ति र यौवन बित्थामा खेर
गएकोमा म अत्यन्तै दुखित थिएँ | तर
मैले जे निर्णय गरेँ, त्यसबाट पनि म
बिमुख उन चहिरहेको थिइन, कारण म
जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले
अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर
रुन थालिन् |साँच्चै भन्नु हो भने
तिनको रुवाइले मलाई
केही सान्त्वना दिलायो | अनि धरै
दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-
बिच्छेद गर्ने बिचार अहिले आएर
ठोस् र स्पष्ट भएजस्तो लाग्यो |
अर्को दिन जब म राती अबेर घर पुगेँ,
तिनी टेबलमाथि केही लेखिरहेकी थिइन
|मैले बेलुकीको खाना खाएको थिइन,
तर त्यसदिन जेनसंग गजब
रमाइलो दिन बिताएकोले गर्दा म
थकित थिएँ र सिधै ओछ्यानमा गएर
पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै
थिइन | मैले वास्ता गरिन र अर्कोतर्फ
फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले
सम्बन्ध्-बिच्छे दका शर्तहरु मेरो सामु
तेर्स्याइन- सम्बन्ध्-बिच्छे द
गर्नुअघि १ महिनाको अग्रिम
सुचना दिनुपर्ने बाहेक तिनले म बाट
कुनै हकदावी गरिन | त्यो एक
महिनाभित्र हामी दुवैले सकेसम्म
सँधैको जस्तो पारिवारिक माहौल
कायम गराउनु पर्ने तिनको अनुरोध
थियो, कारण १
महिनापछि हाम्रो छोराको जांच
थियो र हाम्रो तनावपुर्ण सम्बन्धले
उसलाई नराम्रो असर नपरोस भन्ने
तिनको चाहना थियो | यो बाहेक
तिनको एउटा अनौठो शर्त थियो:
हाम्रो बिहे भएको बेला कसरी मैले
तिनलाई बोकेर सुहागरात मनाउने
कोठामा लगेको थिएँ,त्यो सँस्मरण गर्न
भनिएको थियो| अनि त्यो एक
महिनाभरी बिहेताका झैँ तिनलाई शयन
कक्षबाट घरको बाहिरी ढोकासम्म
बोकेर लानुपर्ने तिनको अनुरोध
थियो| कतै पगली त भइनन् ?! एकछिन
त म अकमक परेँ | हाम्रा अन्तिम
दिनहरु राम्ररी बितोस
भन्नाका खातिर मैले
तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ |
मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे
बताउँदा तिनी जोडले हांसेर तिरस्कार
गर्दै भनेकी थिइन: जस्तोसुकै
चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-
बिच्छेद नगरि धरै पाउँदिन |
हाम्रो सम्बन्ध्-बिच्छे
दको कुरो भएदेखी श्रीमती र म बिच
शारिरीक सम्बन्ध भएको थिएन |
उनको अनुरोध बमोजिम पहिलो दिन
जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई
कस्तो कस्तो अप्ठ्यारो महसुस
भएको थियो | ड्याडिले मम्मीलाइ
बोक्नुभयो भनेर
छोरो हाम्रो पछाडि ताली पिटदै
थियो | छोराले त्यसो भन्दा मैले
नजानिन्दो पिडा महसुस गरेँ |
श्रीमतीलाई बोकेर शयन्-
कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म
करीब १० मिटर म हिँडे हुँला | मैले
तिनलाई बोकिरहेको बेलामा तिनले
आँखा बन्द गरेर मधुर स्वरमा भनिन:
हाम्रो सम्बन्ध-बिच्छेद बारे छोरालाई
नभन है | मैले दुखी भएर स्वीकृतिसुचक
टाउको हल्लाएँ | तिनी काममा जान बस
बिसौनितिर लागिन भने,म एक्लै
गाडी हाँकेर अफिस गएँ |
दोस्रो दिनको बोकाइमा हामी दुवैले
केही सजिलो अनुभव गर्यौँ, तिनले
टाउको मेरो छातीमाथि राखिन,
तिनको ब्लाउजबाट
मिठो अत्तरको सुगन्ध
आइरहेको थियो | तिनको मुहारलाई
राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले
जस्तो जवान थिइनन,निधार र
आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश
पनि कहीं कहीँ फुलेको थियो|
वैवाहिक जीवनले नै तिनलाई
यस्तो तुल्याएको थियो|म आँफैले
पो तिनलाई वास्ता नगरेको निकै भएछ
|
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक
किसिमको आत्मियता मैले महसुस गरेँ
| यिनी तिनै महिला थिइन,जसले
बिगत दश बर्षादेखी मलाई साथ दिँदै
आएकी थिइन | पाँचौ र छैठौँ दिन
पनि त्यो आत्मियता झन झन प्रगाढ
हुँदै गएको मैले पाएँ | जती जती समय
बित्दै गयो, तिनलाई बोक्न झन झन
सजिलो हुँदै गयो | शायद प्रत्येक
दिनको बोकाइले म बलियो पो हुँदै गएँ
की ! एक बिहान तिनी लुगा छान्दै
थिइन,चार पाँच
चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर
भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके,
कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान
दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे,
त्यसैले पो होला मलाई बोक्न
सजिलो भएको ! आफ्नो मनभित्र
अथाह् पीडा, ब्यथालाई लुकाएर
तिनी बाँचेकी रहिछिन भन्ने कुराले
मलाई अत्यधिक पीडाबोध भयो |
एकाएक अर्धचेतनमा मैले तिनको शिर
छोएँ | त्यति नै बेला छोरो करायो:
मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन
र ? उसको बाबुले आमालाई बोक्ने काम
दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले
| मेरी श्रीमतीले छोरोलाई नजिक
आउन साउती गरिन र बेस्कन
अंगालो हालिन |
आफ्नो अडानमा बिचलन नआओस
भन्ना खातिर मैले टाउको अन्तै मोडेँ |
शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म
श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ,
तिनको हातहरु मेरो घाँटिमा आरामसंग
बेरिएका थिए,हाम्रो विवाह्
अवसरमा झै मैले तिनको शरीरलाई
बेस्मारी च्यापेको थिएँ |
तिनको हलुँगो वजन देखेर म चिन्तित
थिएँ | अन्तिम दिन जब मैले
तिनलाई बोकेँ,किन किन मैले
पाइला चाल्न सकिरहेको थिइन |
छोरो स्कुल गैसकेको थियो | मैले
तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई
बीचको आत्मीय
सम्बन्धमा कमी भएको त मलाई हेक्कै
भएन | म काममा हिँडे,अफिस
पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर
उक्लेँ | केही बेरको ढिलाइले मेरो मन
परिवर्तन होला भन्ने मलाई डर थियो |
माथ्लो तल्लामा उक्लेपछी जेनले
ढोका खोली दिइन | आफु सम्बन्ध-
बिच्छेद नगर्ने
निर्णयमा पुगेको कुरा जेनलाई बताएँ |
जेनले छक्क परेर मतिर हेरिन र
मेरो निधार छामिन | तिमीलाई
जरो आएको छ ? तिनले सोधिन |
निधारबाट तिनको हात हटाउँदै मैले
फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद
नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन
यसरी रसहीन हुनाको कारण हामीले
एकार्कालाई माया नगरेर भएको होइन
रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई
महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ
| विहेको अवसरमा मेरी श्रीमतीलाई
मैले बोकेर घरभित्र भित्र्याए झै
जिन्दगीको अन्तिम क्षणसम्म
पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर
म अहिले महसुस गर्दैछु | जेन जुरुक्क
उठिन,बेस्कन मेरो गाला चडकाएर
ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन
थालिन | म गाडी चढेर घरतर्फ लागेँ |
बाटोमा फुल पसलमा रोकिएर
एउटा फुलको गुच्छा किन्न लाग्दा फुल
पसल्नीले सोधी: कार्डमा के
लेखिदिउँ ? कार्ड तिनको हातबाट
लिएर मैले मुस्काएर लेखेँ -
जीवनको अन्तिम घडीसम्म प्रत्येक
बिहान म तिमीलाई बोक्नेछु!!!
हातमा फुल, मुहारमा मुस्कान लिएर हतार
हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै
भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त
मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु
पो रहेछ | म
जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ
कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो
मैले थाहा पाउन सकिन रहेछु |
आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने
कुरा तिनलाई थाहा रहेछ |
हाम्रो सम्बन्ध्-बिच्छे द भैगएको भए
त्यसको नकारात्मक असर
छोरामा नपरोस र छोराको नजरमा म
दोषी नदेखियोस भनेर मलाई बचाउन
तिनले त्यसो गरेकी रहेछिन -
फलस्वरुप छोराको नजरमा म मायालु
लोग्ने हुन पुगेँ |जीवनका झिना-
मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई
टिकाउने खम्बाहरु हुन, न की भब्य महल,
गाडी, जग्गा-जमीन र पैसा --
यी चिजहरुले त केही टेवा दिने मात्र
हो, मुख्य कडी यी होइनन!!!!
तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट
केही समय निकालेर
आफ्नो जीवनसाथीसंग
आत्मीयता गाँसौ र जिन्दगीका झिना-
मसिना ठानिएका कुराहरुलाई अंगालेर त
हेरौँ ! यिनै महत्वहिन
ठानिएका कुराहरुले नै वैवाहिक जीवन
भत्किनबाट जोगाउँछ|
सफलताको कारक तत्वहरुलाई पहिचान
गर्न नसक्दा नै मानिसहरुले
असफलता बेहोर्छ |
(घर सुन्दर छ भने न समाज पनि सुन्दर
बन्छ भन्ने कुरालाई हृदयंगम
गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत
गरेको छु | यो मेरो मौलिक लेख होइन,
एउटा अज्ञात लेखकले समाजलाई
माया गरी लेखेको कथा हो,फिक्सन
पनि हुन सक्छ, सत्यकथामा आधारित
पनि हुनसक्छ,जे
भएपनि कथा मार्मिक छ, हामी बाँचेकै
जिन्दगीको बर्णन छ | फेसबुक मार्फत
प्रचार प्रसार गर्न अनुरोध
गरिएको थियो | मौलिक लेख
अंग्रेजिमा थियो र मैले
नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु
| कतिपय हरफहरुमा शब्दानुवाद्
नगरि भावानुवाद् गरिएको छ्|
मेरो यो अनुवादले कुनै
नेपालीको भत्किन लागेको घरलाइ
टेको दिन समर्थ भयो भने मैले
गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु|
पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै.....)

No comments:

Post a Comment