Wednesday, 18 March 2015

यसकारण पक्राउ परे प्रदिपजंग पाण्डे

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई पक्राउ गरेको छ । सिआइबीको टोलीले पाण्डेलाई उनकै निवास बालुवाटारबाट मंगलबार बेलुका पक्राउ गरेको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए ।
थुनछेक नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिनु नपर्ने फैसला गरे लगतै पाण्डे पक्राउ गरेका हुन् ।
न्यायधिसहरु कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले यस अघिको अन्तरिम आदेश खारेज गरेको हो । अध्यक्ष पाण्डे सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टचार गरेको अभियोगमा मुद्धा दायर भएको थियो ।
३८ सालमा तत्कालीन काठमाडौं उपत्यका खानेेपानी व्यवस्थापन लिमिटेडमा रहँदा पाण्डेले भ्रष्टाचार गरेको भन्दै भएको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको थियो ।
तर, तत्कालीन दरबारको हुकुम प्रमाङगीमा सजाय मुक्त भएको भन्दै पाण्डे सर्वोच्च गएपछि थुनछेक नगर्न अन्तरिम आदेश दिएको थियो ।
तर सर्वोच्चले मंगलबार हुकुम प्रमाङगीको प्रमाण नभएको भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएन । यससँगै अन्तिम फैसला नहुँदासम्म काठमाडौं जिल्ला अदालतको आदेश कार्यान्वयनको बाटो खुलेको थियो ।
पाण्डे गत चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । पाण्डे निर्वाचित भएपछि उनका प्रतिद्धन्दी भाष्करराज कणिर्कारले यो मुद्दा उठाएका हुन् ।
- lumbinitimes

No comments:

Post a Comment